तत्कालिन एमालेबाट निर्वाचित वडाध्यक्षको निधन

तत्कालिन एमालेबाट निर्वाचित वडाध्यक्षको निधन

केन्द्रबिन्दु
0
Shares

सङ्खुवासभा,

सङ्खुवासभाको चैनपुर नगरपालिका–२ का अध्यक्ष काजी शेर्पाको निधन भएको छ । नगरप्रमुख भरत खत्रीका अनुसार वडाध्यक्ष शेर्पाको बिहीबार राति १२ बजे उनकै निवास मयुममा निधन भएको हो ।

क्यान्सर रोगबाट पीडित शेर्पा आठ महिना अघि देखि उपचार गराइरहेका थिए । वि.सं २०२५ फागुन १३ गते मयुममा जन्मिएका शेर्पा शिक्षक पेशाबाट अवकाश लिएर अध्यक्ष भएका थिए । उनी तत्कालीन नेकपा (एमाले) बाट विजयी भएका हुन् । शेर्पाको मयुममा नै शुक्रबार दिउँसो अन्त्येष्टि गरिएको नगरप्रमुख खत्रीले जानकारी दिनुभयो ।

Skip This
Skip This
Logo