जनकपुर,
बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा जनकपुर–११ का ४१ वर्षीय गोविन्द शाह रहेका छन् । लक्ष्मीनिया गाउँपालिका–६ निकाल सडकखण्डमा जनकपुरबाट विराटनगरतर्फ जाँदै गरेको ना ७ ख ३६९३ नं. को बसले विपरीत दिशाबाट आउँदै गरेको ज ९ प ५४६१ नं. को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार शाहको मृत्यु भएको प्रहरी प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिनुभयो ।
उनको उपचारका क्रममा मृत्यु भएको हो । घाइते भएका धिरेश शाहको उपचार भइरहेको छ । बस चालकलाई महेन्द्रनगर इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।





























प्रतिक्रिया