धम्काउँदै पटक पटक बलात्कार, बेइज्जत गरिदिन्छु भन्दै उल्टै ४ लाख माग

धम्काउँदै पटक पटक बलात्कार, बेइज्जत गरिदिन्छु भन्दै उल्टै ४ लाख माग

केन्द्रबिन्दु
0
Shares

मान्छेले कतिसम्म अपराध गर्न सक्छ भन्ने एउटा घटना पश्चिम रुकुममा भेटिएको छ।

चौरजहारी नगरपालिकाकी ४८ वर्षीया महिलालाई डर धम्की देखाइ जबरजस्ती बलात्कार गरेका एक पुरुषले उल्टै बेइज्जत गरिदिन्छु भन्दै  ४ लाख रूपैयाँ मागेका छन्।

पटक-पटक बलात्कार गरेको आरोपमा ४० वर्षीय दलबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको हो । चन्दले पीडित महिलाको घरमा कोही नभएको समयमा गएको असोज १९ गते र कात्तिक ७ गते बिहान करणी गरेको प्रहरीको आरोप छ ।

चन्दले बेइज्जत गरिदिन्छु भन्दै चार लाख रुपैयाँ मागेको प्रहरीले जनाएको छ । उनीमाथि जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ ।

Skip This
Skip This
Logo