तिहारभर पक्राउ परेका मध्ये १० प्रतिशतलाई मुद्दा चलाइने

तिहारभर पक्राउ परेका मध्ये १० प्रतिशतलाई मुद्दा चलाइने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

तिहारको समय अवधिमा विभिन्न अभियोगमा पक्राउ परेका मध्ये १० प्रतिशतलाई मुद्दा चलाउने तयारी भएको छ ।

पक्राउ परेका झण्डै चार सयमध्ये ९० प्रतिशतलाई सम्झाएर अभिभावकको जिम्मा लगाइएको र बाँकीलाई मुद्दा चलाउने तयारी गरिएको महानगरिय प्रहरी काठमाडौंका प्रवक्ता एवं डीएसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

उनीहरुलाई जुवातास खेलेको, जाँडरक्सी खाएको, चोरी गरेको लगायत अभियोगमा पक्राउ गरिएको थियो । पक्राउ परेका १० प्रतिशतलाई भने मुद्दा नै चलाउनुपर्ने देखिएकाले त्यसको तयारी गरिएको प्रहरीको भनाई छ ।

यसै क्रममा पछिल्लो २४ घण्टामा काठमाडौं, ललितपुर र भक्तपुरबाट १२४ जना पक्राउ परेका छन् । काठमाडौंबाट १०२, भक्तपुरबाट १८ र ललितपुरबाट ४ गरी १२४ जना पक्राउ परेका प्रहरीले जानकारी दिएको छ ।

Logo