पटका पड्काउँदा राजविराजमा आगलागी, ३ लाखको क्षति

पटका पड्काउँदा राजविराजमा आगलागी, ३ लाखको क्षति

केन्द्रबिन्दु
0
Shares

राजविराज,

पटका पड्काउने क्रममा सप्तरीको राजविराजमा गएराति ७ बजे अचानक आगलागी हुँदा तीन लाखको क्षति भएको छ ।

राजविराज नगरपालिका–८ स्थित हिमालय टोलमा स्थानीयवासी शिवेश सिंहको घरमा पटका पड्काउने क्रममा आगलागी भएको स्थानीयवासी शोरभ यादवले जानकारी दिनुभयो । उनको एउटा घर पूर्णरुपमा जलेर नष्ट भएको पीडित परिवारले जनाएको छ ।

सो आगलागीबाट नगद, जिन्सी, भाँडाकुँडा र सरसमान जलेर नष्ट हुँदा करीब तीन लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगोलाई स्थानीयवासी र प्रहरीको सहयोगमा निभाइएको छ । समयमा बारुण यन्त्र नपुग्दा आगोबाट बढी क्षति भएको स्थानीयवासी यादवको भनाइ छ ।

Skip This
Skip This
Logo