नेपालगञ्जमा शृङ्खलाबद्ध आगलागी

नेपालगञ्जमा शृङ्खलाबद्ध आगलागी

केन्द्रबिन्दु
0
Shares

बाँके,
नेपालगञ्जमा श्रृङ्खलाबद्धरूपमा आगलागीका घटना भएका छन् । पाँच दिनभित्र भएका तीन आगलागीका घटनाबाट ठूलो मात्रामा धनमालको क्षति हुन पुगेको छ ।

गएराति सेतु विकचोक नजिकै रहेको इलेक्ट्रोनिक्स र व्यूटीपार्लर पसलमा आगलागी भएको थियो । राति करीब ८ बजेदेखि शुरु भएको आगो नेपालगञ्ज उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयवासीले नियन्त्रणमा लिएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मिठ्ठीलाल बैश्यको दुईतले घरको तल्लो तलामा रहेको इलेक्ट्रोनिक्स पसलबाट शुरु भएको आगो छेउमा रहेको व्यूटीपार्लर पसलमा समेत सल्किएको थियो । पसलका सञ्चालक तिहार मनाउन घर गएको अवस्थामा आगलागी भएको थियो ।

आइतबार रातिमात्रै नेपालगञ्जको धम्बोझी राष्ट्रिय वाणिज्य बैंकको सामुन्ने रहेको गणेश ढकालको भाँडा पसलमा आगलागी भएको प्रहरी उपरीक्षक वलीले जानकारी दिनुभयो ।

गत बिहीबार नेपालगञ्जकै बिपीचोक नजिक रहेका आधा दर्जन पसलमा भएको आगलागीबाट रु एक करोड बढीको क्षति भएको थियो । पछिल्लो तीन महीनामा नेपालगञ्जमा सात ठूला आगलागी भइसकको छ ।

Logo