जीपबाट खसेर एक जनाको मृत्यु

जीपबाट खसेर एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बैतडी,

जीपबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका–७ किम्तोलीका १५ वर्षीय सुवास चन्द रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायब निरीक्षक वीरभद्र खडायतले जानकारी दिनुभयो ।

आइतबार किम्तोलीबाट डडेल्धुरातर्फ जाँदै गरेको म १ ज १६८ नं को जीपमा सवार चन्द खसेर घाइते भएका थिए । उनको आज मृत्यु भएको हो । जीपको पछाडि झुण्डिएर यात्रा गरिरहेका चन्द खसेर घाइते भएको खडायतले बताउनुभयो । घटनाबारे जानकारी लिन इलाका प्रहरी कार्यालयको टोली घटनास्थलमा गएको प्रहरी निरीक्षक किसन चन्दले बताउनुभयो ।

Skip This
Skip This
Logo