नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आज (शुक्रबार) शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
विजय दशमी, शुभ-दिपावली, छठ पर्व तथा नेपाल संवत ११४० को अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरिएको हो । नयाँ बानेश्वरस्थित होटल एभरेस्टमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा शुभकामना मन्तब्य व्यक्त गरे नेपालले यस्तो कार्यक्रमले आपसी सद्भाव बढ्ने बताए।
इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले आपसी सद्धाव तथा भाइचाराको सम्बन्ध कायम राख्न कार्यक्रमको आयोजना गरेको जानकारी दिए ।





























प्रतिक्रिया