गहना लुट्न बाख्रा चराउन गएकी महिलाको हत्या

गहना लुट्न बाख्रा चराउन गएकी महिलाको हत्या

केन्द्रबिन्दु
0
Shares

बुटवल । जंगलमा बाख्रा चराउन गएकी बुटवल ३ की ६६ वर्षीया टिकीसरी गुरुङ राति अबेरसम्म पनि घर फर्किइनन् । असोज १७ गते राति बाख्रा मात्र फर्किएपछि उनको खोजी सुरु भयो ।

खोजतलास गर्ने क्रममा बुटवल बहुमुखी क्याम्पस पछाडिको जंगलमा उनको शव फेला पर्‍यो । शव फेला परेसँगै प्रहरीले अनुसन्धान थाल्यो ।

अनुसन्धान गर्दै जाँदा प्रहरीले हेटौडा उपमहानगरपालिका ६ घर भई हाल बुटवल उपमहानगरपालिका ३ ज्योतिनगर बस्ने ४२ वर्षीय राम लामाको संलग्नता रहेको पुष्टि गर्‍यो । इलाका प्रहरी कार्यालय बुटवलले हत्या आरोपमा पक्राउ परेका लामालाई पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ ।

लक्ष्मीनगर सामुदायिक वनमा बाख्रा चराउन गएकी गुरुङको धारिलो हतियार हँसिया प्रयोग गरि हत्या गर्दै त्यही जंगलमा फालिएको थियो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी भिमलाल भट्टराईका अनुसार गहना लुट्ने उद्देश्यले गएका लामाले जंगलमै हँसिया प्रयोग गरेर हत्या गरेका थिए ।

पक्राउ परेका लामालाई कर्तव्य ज्यान र डाका चोरी अभियोगमा मुद्दा चलाई अनुसन्धान भइरहेको डिएसपी भट्टराइको भनाइ छ । हत्या गर्दै गहना लुटेर लामा नुवाकोटतिर भागेका थिए । प्रहरीले उनलाई त्यहीबाट पक्राउ गरेर बुटवल ल्याएको हो ।

Skip This
Skip This
Logo