धुलिखेल ।
विपदका समयमा प्रतिकार्यका लागि जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित रेडक्रसको प्रतिकार्य तालिम धुलिखेलमा संचालन भइरहेको छ ।
नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको आयोजना तथा रेडक्रस केन्द्रीय कार्यालयको समन्वयमा ६ दिने जिल्ला विपद प्रतिकार्य समूह तालिम बुधबारबाट संचालन भएको हो ।
तालिममा विभिन्न उपशाखा तथा जिल्ला शाखाका कुल २९ जना सहभागी रहेका छन् । नेपाल रेडक्रस सोसाइटी काभ्रे अध्यक्ष समुन्द्रलाल श्रेष्ठले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा केन्द्रका उपनिर्देशक रुद्र अधिकारी, जिल्ला शाखाका सचिव पुष्पा बस्नेत कोषाध्यक्ष महेश्वर जंगम, विष्णुमणि नेपाल , जिल्ला शाखा सदस्य राजु सिग्देल,शिवराम आचार्य परियोजना प्रमुख शिव सुवेदी लगायतको उपस्थिति रहेको थियो ।
तालिम कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रका निर्देशक विपुल न्यौपानेले रेडक्रस मानवीयतामा आधारित संस्था भएका कारण लाभग्राहीहरुसँगको व्यवहार मानवीयतामा आधारित हुनुपर्ने बताए । रेडक्रसकर्मीले आचारसंहितालाई भूल्न नहुने बताउँदै तालिम सफलताको शुभकामना दिएका थिए । तालिममा शेखर रेग्मीको संयोजकत्वमा मनोज थोकर,राजेन्द्र रोका, भरत प्रसाद कोइराला, निर्जला के.सी लगायतले सहजीकरण गरेका छन् ।





























प्रतिक्रिया