महासचिवको निधनप्रति घोडचढी संघद्वारा दुःख व्यक्त

महासचिवको निधनप्रति घोडचढी संघद्वारा दुःख व्यक्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । घोडचढी (इक्योस्टेरियन) संघका महासचिव बलराम श्रेष्ठको निधनप्रति संघले दुःख व्यक्त गरेको छ । संघका अध्यक्ष रवी राजकर्णिकारले एक विज्ञप्ती जारी गर्दै महासचिव श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

‘यस संघका महासचिव श्री बलराम श्रेष्ठको असामयिक निधनको खवरले घोडचढी (इक्योस्टेरियन) संघका हामी सवैलाई स्तभ्द बनाएको छ । नेपाली खेलकुद क्षेत्रमा निरन्तर सक्रिय उहाँले घोडचढी संघको नेतृत्व तहमा बसेर पुर्‍याउनु भएको अतुलनीय योगदान सधैं स्मरणिय रहनेछ’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

हृदयघातका कारण श्रेष्ठको बुधबार राति निधन भएको थियो ।

Skip This
Skip This
Logo