काभ्रेमा पनि भेटिए डेङ्गुका बिरामी

काभ्रेमा पनि भेटिए डेङ्गुका बिरामी

केन्द्रबिन्दु
0
Shares

काभ्रे,

जिल्लाको खानीखोला गाउँपालिकामा डेङ्गुबाट सङ्क्रमित एक पुरुष भेटिएका छन् । डेङ्गुबाट सङ्क्रमित ती पुरुषको मकवानपुरको हेटौँडामा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।

कामको सिलसिलामा हेटौँडा लगायत तराईका विभिन्न जिल्लामा आवतजावतका क्रममा खानीखोलाका एक पुरुषमा केही दिन अघि मात्रै डेङ्गुका लक्षण देखिएपछि उहाँलाई उपचारार्थ नजिकै रहेको हेटौँडास्थित अस्पतालमा उपचार गर्न पठाइएको कार्यालयका जनस्वास्थ्य निरीक्षक कमलेश मिश्रले जानकारी दिनुभयो ।

मिश्रका अनुसार लामखुट्टेको टोकाइबाट डेङ्गु रोग लाग्ने व्यक्तिलाई एक्कासी उच्च ज्वरो आउनु र पाँचदेखि सात दिनसम्म रहनु, सहन नसक्ने गरी टाउको दुख्नु, आँखाको नानी तथा पछिल्लो भाग दुख्नु, ढाड, जोर्नी र मांशपेसी दुख्नु, शरीरमा बिमिरा आउनु तथा वाकवाकी लाग्ने, पेट दुख्नु, नाक अथवा गिँजाबाट रगत बग्नु, शरीरमा रगत जमेको दाग देखापर्नु तथा बेहोस हुने लक्षण देखिन्छ ।

जिल्लामा डेङ्गु सङ«क्रमित व्यक्ति भेटिएपछि जिल्ला स्वास्थ्य कार्यालयले डेङ्गु रोगबाट बच्ने उपायबारे जानकारी लिई सतर्क रहन सबैलाई आग्रह गरेको छ । “डेङ्गु रोगथामका लागि जिल्लाका १३ वटै स्थानीय तहमा ¥यापिट टिम खडा गरिसकिएको छ”, जनस्वास्थ्य निरीक्षक मिश्रले भन्नुभयो । उहाँका अनुसार जिल्लास्थित सबै स्वास्थ्य संस्थामा डेङ्गुविरुद्धको किटसहितको टोलीसमेत परिचालन गरिएको छ ।
रासस

Skip This
Skip This
Logo