चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाका तीनै जना आरोपीको बयान सकिएको छ । चितवन जिल्ला अदालतमा आरोपीहरू रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीको बयान सकिएको हो । बयान सकिएसँगै थुनछेक बहस सुरु भएको छ ।
सोमबार जिल्ला अदालत चितवनमा लामिछाने र कँडेलको बयान लिइएको थियो । यसअघि कार्कीको बयान भने आइतबारनै लिइएको थियो । तीनैजनाको बनायन सकिएलगत्तै थुनछेक बहस सुरु भएको हो ।
उनीहरुको बयान सकिएलगत्तै अदालतमा वादी र प्रतिवादीका वकिलहरुले बहस गरिरहेका छन् । थुनछेक बहसपछि अदालतले उनीहरुलाई थुनामै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय गर्नेछ ।
सरकारी वकिलको कार्यालयले आइतबार नै लामिछानेविरूद्ध पुडासैनीलाई आत्महत्या गर्न बाध्य हुने परिस्थिति खडा गरेको अभियोगसहित जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरेको थियो ।





























प्रतिक्रिया