कामकाजी संसार ठूलो परिवर्तनबाट गुज्रिरहेको छ । केही परिवर्तन निकै प्रस्टसँग देखिन्छन्– जसमा यान्त्रिक बुद्धि वा कतैबाट पनि कुनै पनि काम गर्नसक्ने प्रविधिजस्ता मुद्दा सामेल छन् ।
कुनै विचार भर्खरै उठ्न सुरु भएका छन्– जस्तो लैंगिक सन्तुलन सुनिश्चित गर्नका लागि निगरानी सामग्री वा अफिसमा शुद्ध हावाका लागि डिजाइन फेरबदल गर्नु ।
यी सबैका पछाडि त्यस्ता व्यक्तिहरू छन् जो आफ्ना विचार एवं दृष्टिकोणबाट हाम्रो भविष्यलाई आकार दिनसक्ने सामर्थ्य राख्छन् ।
यहाँ त्यस्ता १ सय १ चिजहरूको उल्लेख छ जसले हाम्रो भविष्य निर्माण गरिरहेका छन् ।
१. १०० वर्ष आयु
सय वर्ष बाँच्ने सम्भावना आजजति पहिले कहिल्यै थिएन । समाज एवं व्यवसायमा लागि यो वरदान हो वा अभिशाप, यो यसका लागि हाम्रो तयारीमाथि निर्भर रहन्छ ।
२. ५ जी
ड्राभरबिनाको कार, रोबोट र स्मार्ट सिटी, यी सबै ५ जी वायरलेस नेटवर्कबाट चल्नेछन् । मोबाइल इन्टरनेट कनेक्टिभिटीको पछिल्लो चरण करिब करिब यो अवस्थामा आइपुगेको छ ।
३. अनुकूलन क्षमता
सदैव परिवर्तनको क्रमबाट गुज्रने कामकाजी वातावरणमा सफलताका लागि बुद्धिभन्दा बढी अनुकूलनको महत्व बढ्दो क्रममा छ ।
४. एल्गोरिदम न्याय
यन्त्रहरूले आज हामीलाई पहिलेभन्दा बढी पहिचान गर्छन्, तर तिनले अनजानमै नस्ल, लिंग एवं थुप्रै अन्य आधारमा भेदभाव गर्छन् । जोय बुओलेम्बिनीजस्ता मानिस यसलाई पर्फेक्ट बनाउने कोसिस गर्दै छन् ।
५. ध्यान भट्किनबाट बचाउने एप
इन्टरनेट एक ध्यान भड्काउने मञ्च हो । एउटा एपले यसलाई ब्लक गरेर तपाईंलाई ध्यान केन्द्रित राख्न मद्दत गर्दछ ।
६. यान्त्रिक बुद्धि
आज हामीले इमेल लेख्नका लागि यन्त्रमाथि भरोसा गर्न सुरु गरिरसेका छौँ । के समय बचाउने यो तरिकाले हाम्रो सञ्चारको तरिकालाई पनि बदलिदेला ?
७. जागिरमा राख्ने तथा निकाल्ने स्वचालन
यन्त्रले जागिरका लागि दिइएका आवेदन छाँट्न सक्छन् । प्रश्न यो छ कि के यसलाई तपाईंको सोसल मिडियालाई हेर्न, अनुहारको भाव पढ्न र जागिरबाट निकाल्न पनि अनुमति दिन सकिन्छ ।
८. बायोह्याकिङ
उत्पादकत्व बढाउनका लागि उपवास, अल्प आहार, पूरक आहारजस्ता थुप्रै कुरामा काम भइरहेका छन्– भलै यसको बैधता प्रमाणित नभएको किन होस् ।
९. बायोमेट्रिक सीवी
शरीरिक क्षमतामाथि दृष्टि राख्ने परिहनयोग्य प्रविधि द्रूत गतिमा फैलिरहेको छ । के जागिर दिने बेलामा पनि यसको प्रयोग होला ?
१०. हावादार अफिस
अफिसको भवनको डिजाइन एवं त्यसको सजाववटमा पुनर्विचार भइरहेको छ, यसले हाम्रो स्वास्थ्य र उत्पादकत्व दुवैमा सुधार ल्याउन सक्छ ।
११. बर्नआउट
बढी मेहेनत गर्ने र हरेक कुरामा उत्कृष्ट हुने अपेक्षामा खरो उत्रन नसक्दा थकावट र चिन्ताको भावना पैदा हुन्छ ।
१२. कारमुक्त सहर
ओस्लो सहरको मुख्य केन्द्र कारमुक्त क्षेत्र बनाइएको छ । केही कारप्रेमी र व्यवसायीहरूलाई यसको सफलतामाथि सन्देह छ तर यसको फाइदा गज्जब छ ।
१३. चीनको ९–९–६
चीनमा हप्ताको ६ दिन बिहान ९ बजेदेखि राति ९ बजेसम्म काम गर्ने संस्कृतिका विरुद्ध मजदूरहरूले आवाज उठाउन सुरु गरेका छन् ।
१४. सह आवास
केही नौजवान परम्परागत घरलाई छोडेर एकसाथ घरमा (अपार्टमेन्टमा) बस्न रुचाइरहेका छन्, जो उनीहरूका लागि किफायती पनि छ । के सहरहरूमा भविष्यमा यस्तै मात्र घर रहलान् ?
१५. दम्पतिबीच असन्तुलन
बालबच्चा भएपछि श्रीमतीको बढी समय घरमा बित्छ भने श्रीमानको अफिसमा । यसमा सन्तुलन ल्याउनका लागि थुप्रै तहमा प्रयासको आवश्यक पर्छ ।
१६. क्राउडफन्डिङ
क्राउड फन्डिङको सुरुवात कुनै नयाँ विचारको समर्थन गर्न र आवश्यक भएकाहरूलाई सहयोग गर्नका लागि भएको थियो । अब यो सोसल मिडियामा प्रभावशाली व्यक्तिहरूका लागि महत्वपूर्ण तर विवादित आम्दानीको स्रोत बनेको छ ।
१७. गहन ध्यान
सञ्चारका साधनसँग हरहमेशा जोडिइरहनुको मतलब हो कि हामी गहिराइमा पुगेर सोच्न सक्दैनौँ । जो कम्पनी आफ्ना कर्मचारीहरूबाट बढीभन्दा बढी काम लिन चाहन्छन्, तिनका लागि यो समस्या बनेको छ ।
१८. डीग्रोथ आन्दोलन
आर्थिक विकासबाट खपत एवं जलवायु परिवर्तनलाई बढावा मिलिरहेको छ । डीग्रोथको तर्क के छ भने हाम्रो अर्थव्यवस्थालाई खुम्च्याउनुको पनि फाइदा हुनसक्छ ।
१९. डिजिटल डिटक्सिङ
तपाईं स्मार्टफोनको लतबाट चिन्तित हुनुहुन्छ भने डराउनुपर्ने आवश्यकता छैन । इन्टरनेटसँग टाढा रहनका लागि तपाईंलाई सहयोग गर्न पूरै उद्योग तयार छ ।
२०. डिजिटल घुमक्कड
जति जति टाढा बसेर काम गर्ने चलन बढेको छ, आरामदायी एवं वाइफाइ सेवाका साथ पर्यटनको कारोबार पनि बढेको छ । उनीहरू नयाँ लोकप्रिय पर्यटन केन्द्रहरूमा ध्यान केन्द्रित गरिरहेका छन् ।
२१. विविधताको ट्रयाकिङ
केही संगठन लैंगिक संतुलन र विविधतालाई अन्य आधारमा निगरानी गर्छन् । समस्याहरू बुझ्नु र त्यसलाई समाधान गर्ने दिशामा यो पहिलो कदम हो ।
२२. ई रेजिडेन्सी
एस्टोनियामा तपाईं थोरै शुल्क तिरेर डिजिटल निवासी बन्न सक्नुहुन्छ । प्रविधिले लचकतापूर्वक काम गर्ने स्वतन्त्रता प्रदान गर्छ । हुनसक्छ, भविष्यमा अरू देशले पनि ई रेजिडेन्सी दिने होड गर्छन् ।
२३. इलेक्ट्रिक स्कूटर
बेआवाज दुईपांग्रे धेरै देखिन थालेका छन् । लाखौं शहरी श्रमिकका लागि यो घरसम्म पुग्ने समस्याको गतिलो समाधान हुनसक्छ ।
२४. कममा काम चलाउनु
म्यारी कोन्डोले हामीलाई फेरि व्यवस्थित हुन सिकाएका छन् । तर के कम से कम चीजबाट काम चलाउने उनको दर्शन हाम्रो व्यावसायिक जीवनमा पनि लागू हुनसक्ला ?
२५. अनुहारबाट पहिचान
हाम्रो अनुहार अब अन्य देशमा हामीलाई प्रवेश दिलाइरहेको छ । फोनले पनि अनुहार चिन्दछ र बैंक खाता पनि यससँग जोडिएको छ । अब अफिसको पालो छ ।
२६. आरामको विचार
अफिसहरूमा अनौपचारिक वातावरण बढिरहेको छ । यहाँसम्म कि केही संस्थानहरूमा आरामको नाममा सूटटाईको ठाउँ क्याजुअल टीशर्ट, जीन्स र ज्याकेटले लिएको छ ।
२७. फायर आन्दोलन
बहुत कम खर्च र ज्यादा बचत गरेर आर्थिक स्वतन्त्रता हासिल गर्ने र छिटै रिटायर हुने (फायर) जीवनशैली अपनाउनेहरू बढिरहेका छन् ।
२८. उडान कम
स्वीडेनमा घरेलू हवाइसेवाको प्रयोग कम भएको छ, किनभने जलवायुप्रति सचेत मानिस रेलगाडीलाई प्राथमिकता दिइरहेका छन् । यो चलन चल्यो भने व्यावसायिक उडानका लागि गम्भीर परिणाम बन्नसक्छ ।
२९. हप्तामा ४ दिन काम
कर्मचारी र कामकाजीहरू हप्ता छोटो चाहन्छन् । मालिकहरू प्रसन्न, स्वस्थ एवं उत्पादक कर्मचारी चाहन्छन् । के हप्ताको ४ दिन काम गर्दा दुवै खुसी हुनसक्ललान् ?
३०. फ्रेड स्वानिकर
घानाका उद्यमी एवं लीडरशिप एक्सपर्ट शिक्षा प्रणालीलाई परिवर्तन गरेर नयाँ मोडल ल्याउन चाहन्छन् । जसबाट २०३५ सम्म अफ्रीकामा लाखौं लीडर र भ्याकेन्सी तयार हुन सकोस् ।
३१. फ्रेडी वेगा
ल्याटिन अमेरिकामा केवल आधा मानिस यूनिभर्सिटी जान्छन्, तर एक अनलाइन शैक्षणिक संस्थापक राम्रो करियरका लागि उनीहरूलाई मद्दत गर्न तयार छन् ।
३२. लुकेको काम
कामको भविष्य वास्तवमै बुझ्नका लागि केही विशेषज्ञको भनाइमा तपाईंले गिग इकोनमीको लुप्त पक्षलाई पहिचान गर्नुपर्ने हुन्छ ।
३३. कामको भूत
बिना कुनैकारण वा संवाद सम्बन्ध अन्त्य गर्ने जुन खुबी अनलाइन डेटिंङमा छ, त्यही अब नोकरी बजारमा पनि छिर्न थालेको छ ।
३४. गिगको वास्तविकता
स्वरोजगार अब सामान्य कुरो हो तर आफ्नो मालिक आफैँ हुनुको स्वतन्त्रताले पनि एक प्रकारको मूल्य माग गर्छ ।
३५. ग्लोबोटिक्स
यान्त्रिक शिक्षण र टाढा बसेर काम गर्ने चलनलाई साथ मिलाइदिने हो भने तपाईंले पाउनुनेछ कि निजामति जागिर र सेवा द्रूत गतिमा घटिरहेको छ ।

३६. दृढता
एक सिद्धान्तअनुसार सफलताको रहस्य स्वाभाविक क्षमता वा कौशलमा छैन । यो कठिन अभ्यासबाट पनि हासिल हुँदैन । यो कहिल्यै हार नमान्ने जिद्दीपनमा लुकेको छ ।
३७. खुसी रहने कला
संसारमै कामसँग जोडिएका तनाव, चिन्ता र अवसाद बढ्दो छ । केही कम्पनीहरूले खुसी महसुस गराउनका लागि गुरुहरूको सहयोग लिइरहेका छन् ।
३८. लुकेको बिरामी
करिब ७० करोड मानिसलाई डिस्लेक्सिया छ । तर वेबसाइट डिजाइनजस्तो नयाँ आविष्कार र स्मार्ट पेन जस्ता उपकरणले उनीहरूका लागि अफिसको काम सहज बनाइरहेको छ ।
३९. लुप्त आकांक्षा
सोशल मीडिया र त्यहाँका प्रभावशाली मानिसहरूको इकोनमी लाइक र फ्यान्सका आधारमा चल्दछ । के हुन्छ ती देखिएनन् भने ?
४०. हिरून
जापानमा आफ्ना थाकेका कर्मचारीहरूलाई कम्पनीहरू हिरून जानका लागि प्रेरित गर्छन् । यसको शाब्दिक अर्थ हो– लन्च समयको निद्रा ।
४१. ह्यूमेनिक्स
यन्त्रका कारण काम स्वचालित भइरहेका छन् । त्यसैले लगातार केही नयाँ सिक्ने दर्शन अपनाउँदा जागिरमा टिकिरहन मद्दत पुग्छ ।
४२. विनम्र बोस
बेस नेतृत्व गर्न मन गर्छन् तर जब तपाईं लगातार बोल्नुहुन्छ भने तपाईंले धेरै कुरा गुमाउनुहुनेछ ।
४३. कर्मचारीहरूको निगरानी
केही कम्पनीहरू आफ्ना कर्मचारीहरूको निगरानी गर्न हाईटेक प्रविधि अपनाइरहेका छन् । यो उनीहरूको जीवनमा घुसपैठ हो र यसबाट उनीहरूको खुसियालीको स्तर घट्छ ।
४४. अफिसमा काम
टाढाबाट काम गर्नु राम्रो हो, तर हुनसक्छ कि अफिसमा बसेर काम गर्नु त्योभन्दा राम्रो हुनसक्छ ।
४५. समावेशी कार्यशाला
भेदभावको केही हाईप्रोफाइल गुनासाहरू प्राप्त भएपश्चात् केही कम्पनीहरूले पूर्वाग्रह विरोधी प्रशिक्षण बन्द गरिदिए ।
४६. प्रभावशाली एजेन्सीहरू
इन्टरनेटका यी ‘सेलिब्रिटीज’ मानव होइनन्, तर प्रतिभाको खोजी गर्नेहरू तिनका पछाडि लागिरहन्छन् ।
४७. जोमो (JOMO)
‘जोय अफ मिसिंग आउट’ त्यो आवश्यकताबाट राहतको प्रतीक हो, जुन नेटवर्कसँग लगातार जोडिइरहन तथा हमेशा उत्पादक बनिरहन माग गर्छ ।
४८. करोशी
जापानमा कामप्रति प्रतिबद्धताका प्रदर्शन बहुत मूल्यवान छ तर कुन मूल्यमा ?
४९. ककोंडे
यो कोरियाली शब्द त्यस तनावको प्रतीक हो जुन आधुनिक कार्यालयमा फरक पिढीका बीच पैदा भइरहेको छ ।
५०. #KuToo
यूमी इशिकावाले अफिसमा जरूरी अग्लो हिलवाला जुत्ताको पीडाका बारेमा गरेको ट्वीटले उनलाई अप्रत्याशित रूपमा एक्टिभिस्ट बनायो ।
५१. छुट्टीमा काम
कमको बोझमा दबेका कर्मचारीले एक अर्को तरिका निकालिरहेका छन् । उनीहरू त्यो काम पूरा गर्नका लागि छुट्टी लिन्छन् जुन अफिसमा पूरा गर्न सकेका हुँदैनन् ।
५२. लिब्रा
केही क्रिप्टोकरेन्सी कमजोर बनेका छन् । यस्तो अवस्थामा के फेसबुक वालेट पहिलो वास्तविक वैश्विक मुद्रा बन्नसक्ला ?
५३. दुई व्यक्ति एक जागिर
आफूजस्तै कुशल साथीसँग मिलेर एउटा जागिर गर्नु महिलाहरू, अझ विशेष गरी आमा भएकाहरूका लागि फाइदाजनक हुनसक्छ ।
५४. लिज जोनसन
प्यारा ओलम्पिकमा स्वर्ण पदक विजेता कार्यस्थलमा विविधिताको खाडल पुर्नका लागि गर्दैछन् ।
५५. दीर्घायु अर्थव्यवस्था
पुरानोपनको विचारले कारोबारको सोचको घाँटी निमोठ्नसक्छ । युवा पिढीका साथ वृद्ध श्रमिकहरूलाई नियुक्त गर्नाले जनसांख्यिकीय टाइम बमसँग जुध्न सकिन्छ ।
५६. मैरीमे जम्मे
सेनेगलमा जन्मेकी ब्रिटिश व्यवसायी २०३० सम्म दस लाख महिलालाई कोड सिकाउन चाहन्छिन् ।
५७. मासायोशी सोन
जापानको दोस्रो सबैभन्दा ठूलो कम्पनी सफ्टबैंकका सीईओ सिलिकन भ्यालीका सबैभन्दा महत्वाकांक्षी र सबभन्दा ठूला लगानीकर्ता बनेका छन् ।
५८. मि टु आन्दोलन
एक विश्वव्यापी आन्दोलनले अफिसहरूलाई बदलिदियो र अझ पनि बदल्दै छ ।

५९. मिया पेर्डोमो और आन्द्रे डे ला पिएड्रा
ल्याटिन अमेरिकी कम्पनीहरूलाई लैंगिक समानताका आधारमा ‘Ranking’ दिने एजेन्सी एक्वालेसका संस्थापकका कारण यी कम्पनीहरू समानताको बाटोमा लागिरहेका छन् ।
६०. माइक्रोब्रेक
तल्लीनतापूर्वक कामका दौरान छोटाछोटा ब्रेकको ठूलो फाइदा हुनसक्छ ।
६१. माइक्रोडोजिंग
टेक्नोलजी सेक्टरका केही कर्मचारीको भनाइमा साइकेडेलिक्स (ड्रग्स) को सूक्ष्म मात्राले उनीहरूको उत्पादकता र रचनात्मकता बढाउँछ ।
६२. माइक्रोग्रिड्स
साना र सहजै स्थापित हुने ग्रिड विकासशील देशमा बिजुलीको कमी पूरा गर्नसक्छ । यसले अर्थव्यवस्था अगाडि लैजान सक्छ ।
६३. न्यानो एन्फ्लूएन्सर
ठूलो नाम भएका प्रभावशाली मानिस एकै पोस्टको माध्यमले लाखौँ मानिससँग जोडिन सक्छन् । तर कम फलोअर्स तर प्रामाणिक कुरा गर्ने मानिसका लागि ठाउँ हराउँदै छ ।
६४. न्यूरो डायवर्सिटी
हाम्रो दिमाग बिल्कुल एक प्रकारले काम गर्दैन, तर पनि जागिर खाएपछि अफिसको जिन्दगी एउटै ढर्राबाट अघि बढाइन्छ । यो बदलिनसक्छ ।
६५. तेस्रो लिंगको स्वीकृति
स्त्री वा पुरुषभन्दा भिन्न लिंगवाला मानिसहरूको दृश्यता र उनीहरूको स्वीकार्यता बढ्दो छ ।
६६. ध्वनि प्रदूषण
खुला अफिसको चलन छ अहिले, तर लगातार हल्लाखल्लाले काममा बाधा हुनसक्छ ।
६७. अफिसमा खेती
अफिसको छत वा भित्तामा समेत खेती गर्ने अनुभव विकास हुँदै छ ।
६८. जागिर होइन, पागलपन
बिना तलब पागलपन पूरा गर्नका लागि काम गर्नु अहिले आम बनेको छ ।
६९. भुगतानमा पारदर्शिता
सहकर्मीको तलब थाहा पाउन वर्जितजस्तै छ, तर लैंगिक र नस्लीय समानता एवं तलबी असमानता हटाउनका लागि यो सोच बदलिनसक्छ ।
७०. पीपल एनालिटिक्स
भर्ती प्रक्रियामा अभिजात्यवाददेखि लिएर पूर्वाग्रहसम्म थुप्रै खतरा हुनसक्छ ।
७१. परमेलान्सिंग
कतिपय अवस्थामा फ्रीलान्सको काम पूर्णकालिक बन्नपुग्छ , यसबाट आम्दानी त नियमित हुन्छ तर जागिर कहिल्यै स्थायी भन्ने हुँदैन ।
७२. प्लेटफर्म कोअपरेटिभ्स
थुप्रै दिग्गज टेक कम्पनिहरू भाडाको कर्मचारीमा निर्भर छन् । यसको विकल्प तयार गर्नका लागि वैश्विक आन्दोलन चलिरहेको छ ।
७३. पपअप अफिस
संसारभर खुद्रा पसल बन्द भएका कारण समस्या बढ्दो छ ।
७४. पोर्टफोलियो करियर
भविष्य स्वचालनको छ ।
७५. पोस्टवर्क
स्वचालनले जीवन सहज र अधिक सुविधाजनक बनाउन सक्छ ।
७६. हाजिर देखिनु
स्वास्थ्य समस्या (शारीरिक वा मानसिक) समस्यासँग जुधिरहेका मानिस कुनै पनि तरिकाको काममा देखिन चाहन्छन् ।
७७. प्रोक्रेस्टिनेसन न्यानीज
तपाईंलाई काममा ध्यान लगाउन जरुरी छ र फोन लगातार बजिरहेको छ । यस्तोमा एक कोचले निकै कम शुल्कमा तपाईंलाई ‘गहन कार्य’ मा लाग्न मद्दत गर्नसक्छ ।
७८. प्रोडक्टिभिटी प्लेलिस्ट
काम गर्दै संगीत सुन्दा काम गर्ने लय मिल्नसक्छ ।
७९. पूर्ण स्पष्टवादिता
फिडब्याक दिने तरिका १९८० को दशकको कठोर प्रबन्धन र २१औं शताब्दीको मार्मिक करुणाका बीचको चीज हो ।
८०. बाहिरी श्रमिक
कतिपय शहरले पैसा दिएर मानिसलाई आफूकहाँ बोलाइरहेका छन् श्रमका लागि ।
८१. रिभर्स मेन्टरिङ
अघिल्लो पिढीले पनिन नयाँ पिढीबाट धेरै सिक्नसक्छन्, तर केही संस्कृतिमा नयाँ विचारलाई छिटै अपनाइँदैन ।
८२. मर्मतको अधिकार
केही कम्पनीले आफ्ना उत्पादन मर्मत गर्न मुस्किल बनाइदिन्छन् । केही मानिस यसलाई बदल्न चाहन्छन् ।
८३. दिनहुँ उठ काममा जोतिऊ
कतिपय युवा हरेक दिन उठ्ने अनि काम गर्ने कुरालाई लक्ष्य बनाउँछन् र हप्ताका सातै दिन काम गर्छन् ।
८४. स्याटेलाइट इन्टरनेट
टाढा बसेका श्रमिकलाई जोड दिनाले वैश्विक श्रमिक विकल्प र परिणाममा बदलाव देखिनसक्छ ।
८५. ई कमर्स
खुद्रा पसलको दिन सकिँदै छ, तर ई कमर्स स्टोर खोल्नु पहिलेभन्दा निकै सजिलो भएको छ ।
८६. स्ल्याक
यो रियल टाइम वर्क च्याटले केही मानिसलाई उत्पादकता सुधार्न र केही अन्यका लागि ईमेलको बोझ कम गर्न सहयोग गरेको छ । तर धेरैका लागि यो ध्यान भडकाउने एक माध्यम बनेको छ ।
८७. स्मार्ट अफिस
भविष्यमा छिटै तपाईंको कार्यस्थल स्वचालित, व्यक्तिगत र केन्द्रीय रूपले नियन्त्रित हुनेछन् ।
८८. सफ्ट स्किल
श्रमिकहरूले त्यस्तो योग्यता र कौशल हासिल गर्नुपर्छ जुन कम्प्यूटर र स्वचालित प्रणालीमा छैन । जस्तो– रचनात्मकता, अनुकूलनशीलता र लगन ।
८९. स्क्वाड
संगीतको दिग्गज कम्पनी स्पोटिफाईले यसको शुरुआत गरेको थियो । एक नयाँ संगठन विधि जसले अफिसभित्र विशेष टीमको हातबाट नियन्त्रण राख्छ ।
९०. सुपर एप्स
यो एशियामा निकै लोकप्रिय छ । यसले बाँच्ने र व्यवसाय गर्ने तरिका परिवर्तन गरिरहेको छ ।
९१. सुपरजब
तपाईंलाई लाग्छ कि तपाईं एकैसाथ तीन प्रकारका काम गरिरहनुभएको छ, त्यसो भए खुसी हुनुहोस् । भविष्यका सुपरजब निश्चित रूपले यस्तै हुनेवाला छन् ।
९२. टेलीप्रेजेन्स
कुनै स्मार्ट रोबोटलाई आफैँ काम गर्न दिनुभन्दा सामान्य रोबोटलाई टाढाबाट निर्देशित गरेर काम गराउनु राम्रो हुन्छ ।
९३. थर्मोस्टेट
वैज्ञानिकहरू यो पत्ता लगाउने कोसिस गरिरहेका छन् कि कति तापक्रममा काम गर्दा मानिसको उत्पादकता बढाउन सकिन्छ ।
९४. टिकटक
भिडियोको पछिल्लो तीव्र विकास यूट्यूब वा इन्स्टाग्राममा भइरहेको छैन । टिकटकबाट प्रशस्त पैसा बनाउन सकिन्छ ।
९५. अवचेतन पूर्वाग्रह
हाम्रो अवचेतनले निर्णय लिने तरिकालाई प्रभावित गर्छ र यो हामीलाई थाहापत्तो हुदैन । यसबाट अफिसको विविधता घट्छ र भेदभावको खतरा बढ्छ ।
९६. यूनिभर्सल बेसिक इनकम
यो विचार थोमस मोर र अन्यको हो । अहिले यो विचारले लोकप्रियता हासिल गरेको छ, तर यसलाई ठूलो मात्रामा लागू गरिएको छैन ।
९७. असीमित छुट्टी
श्रमिकहरू छुट्टीका लागि लालायित रहन्छन् तर तलबी असीमित छुट्टीले थकाउन सक्छ ।
९८. रिटायरमेन्टपछि पनि काम
अवकाश पाइसकेका पेन्सनभोगीहरू फेरि काम गरिरहेका छन् । केहीको रुचि होला केहीको बाध्यता । तर के यसलाई समायोजित गर्न सकिएला ?
९९. यूएस वूमेन नेशनल टीम
फुटबलमा अमेरिकी महिला टीमले सफलताको रेकर्ड बनाएको छ तर पनि उनीहरूलाई कम पैसा दिइन्छ । पुरुष टीमको तुलनामा उनीहरूको कामको स्थिति खराब छ । यसका लागि उनीहरू मुद्दा लड्दै छन् ।

१००. वी कंपनी
यो वैश्विक कम्पनीलाई लाग्छ कि तपाईं काम र जिन्दगीका बीचको रेखा मेटाउनका लागि पहिलेभन्दा धेरै बढी तयार हुनुहुन्छ । उनीहरूको भविष्य यसैमा टिकेको छ ।
१०१. केवल महिलाका लागि
केवल महिलाका लागि कार्यस्थलको विचार द्रूत गतिमा फैलिरहेको छ ।
(बीबीसी न्युजबाट साभार)





























प्रतिक्रिया