स्वयम्भू गोलीकाण्डका घाइतेको यस्तो छ अपराध शृंखला

स्वयम्भू गोलीकाण्डका घाइतेको यस्तो छ अपराध शृंखला

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । शुक्रबार दिउँसो स्वयम्भूमा प्रहरीको गोली लागेर ताप्लेजुङका लोप्साङ भनिने विजय लामा घाइते भए । अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीमाथि आक्रमणको प्रयास गरेपछि उनीमाथि प्रहरीले गोली चलाएको थियो ।

घुँडामूनी गोली लागेर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनी काठमाडौं र रामेछापलाई केन्द्र बनाएर अपराध गर्दै आएका थिए । अपराध महाशाखाका प्रवक्ता एसपी केदार ढकालका अनुसार प्रहरीले उनलाई केही दिनदेखि खोजीरहेको थियो ।

स्वयम्भूस्थित विजेश्वरी हाउजिङ नजिकै विजय भएको सूचना पाएपछि प्रहरी टोली गएको थियो । त्यहाँ वियज अर्का एक व्यक्तिको साथमा थिए । प्रहरी टोलीलाई देख्‍नासाथ विजय र उनका साथी अमृत तामाङ भागेका थिए । त्यसपछि प्रहरीले गोली चलाएको थियो ।

दुवै जना मन्थली नगरपालिका गेलुका वासिन्दा हुन् । उनले अपहरणको धम्की दिएका थिए । रामेछापकै लिखु–तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्द खड्कालाई विजयको टोलीले छोरीको हत्या गर्ने धम्की दिएको थियो ।

दुई करोड रुपैयाँ नदिए ‘छोरी अपहरण गरेर गोली हानिदिने’ धम्की विजयले बारम्बार दिएको एसपी ढकालको भनाई छ । त्यस्तो धम्की आएपछि खड्काले प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई आएको सूचनाको आधारमा पक्राउ गर्न खोज्दा उनीहरूले भागेका थिए । पछि गोली हानेर नियन्त्रणमा लिइएको उनले बताए ।

त्यस्तै लामाले यसअघि लिखु हाइड्रो कम्पनीका कमल कडरियासँग पनि ३० लाख रुपैयाँ मागेका थिए । गाउँपालिका अध्यक्षलाई दिएको धम्की जस्तै कडरियालाई पनि धम्की दिएर पैसा असुलेका थिए । त्यस्तै, रामेछापका ग्याल्बो ठेकदारबाट २० लाख रुपैयाँ लिएका थिए ।

काठमाडौंको स्वयम्भूमा प्रहरीले गोली चलायो, १ जना घाइते

Skip This
Skip This
Logo