काठमाडौं । इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रयदायक कम्पनी सुविसुमा भीषण आगलागी भएको छ । बुधबार मध्याह्न १२ः३० बजे आगलागी भएको हो । प्रधानमन्त्रीसहित विभिन्न भीआईपी निवास नजिकै आगलागी हुँदा पनि आगो निभाउने दमकल पुग्न झण्डै आधा घण्टा लागेको थियो ।
जेनेरेटर सञ्चालनमा लागि आवश्यक इन्धन भण्डारण गरेको कोठाबाट आगलागी सुरु भएको थियो । आगो निभाउन नेपाल प्रहरी, नेपाली सेनालगायतको दमकल प्रयोग गरे पनि पेट्रोलबाट लागेको आगो पानी हालेर निभाउन कठिन भएको थियो ।





























प्रतिक्रिया