आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

केन्द्रबिन्दु
168
Shares

काठमाडाैँ। आज २०८० माघ २४ गते बुधबार। ७ फेब्रुअरी २०२४।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। भाग्यले विभिन्न अवसर जुराउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। विशेष यात्रा पनि हुनसक्छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ, साथै प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ। लाभदायक यात्रा पनि हुनसक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज बोलीको भरमा कार्य सम्पादन हुनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। शैक्षिक क्षेत्रमा सफलता पनि मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज कुनै कुराले मनमा शान्ति छाउनेछ। आँटेको र ताकेको कार्य पुरा हुनेछ। धर्म र सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। वस्त्र लाभ पनि हुनसक्छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ। अरुको लागि दौडधुप गर्नु पर्नेछ। चोटपटक पनि लाग्न सक्छ, तर आफन्तले सहयोग गर्नेछन्।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिन भाग्यशाली भएर देखा पर्नेछ। वैदेशिक क्षेत्रका अधुरा कार्यबाट सफलता मिल्नेछ। आफ्नो शेयर बजारको क्षेत्रमा सफलता मिल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज शुभकार्यमा सहभागिता जनाइने छ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। पूँजी बजारमा सफलता मिल्ने र आर्थिक क्षेत्र राम्रै होला।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज छोटो दुरीको लाभदायक यात्रा हुनेछ। राज्यबाट मान सम्मान मिल्नेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। वाहन सुख पनि मिल्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला। समय प्रतिकुल भई कुलतमा मन जानेछ। झैझमेलाको अवस्था पनि आउला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
शुभकार्यको चर्चा चल्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। प्रेमको बन्धन कसिने बेला छ। मुद्दा मामिलामा सफलता मिल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। विद्या र बुद्धिको विकास हुनेछ। सजिलै अरुको विश्वास जित्न सकिनेछ। आकस्मिक धन लाभ हुनेछ।

Skip This
Skip This
Logo