पाल्पा,
अहिले पाल्पाको रैनादवी छहरा गाउँपालिकामा एक महिलाको जीवनमा चमत्कारिक घटना भएको छ ।
रैनादवी छहरा गाउँपालिका–१ सिद्धेश्वरकी ३७ वर्षीया नर्मदा ज्ञवाली कालीगण्डकीको रिडीस्थित आर्यघाटबाटै ब्युँतिएपछि मलामी समेत दंग भएका थिए । ज्ञवालीको अन्तिम अवस्था ठानेर परिवारका सदस्य र आफन्तले कालीगण्डकीको रिडी घाटमा अर्घ्यजलका लागि पुर्याएका थिए । अन्तिम संस्कारका लागि घाटमा लगिएकी उनको फेरि उपचार सुरु भएको छ ।
ज्ञवालीको बुधबारदेखि लुम्बिनी मेडिकल कलेजमा मिर्गौलाको डायलाइसिस सुरु भएको हो । अस्पतालका अनुसार बिरामीको स्वास्थ्यमा सुधार हुँदै आएको छ । तन्नामा पोको पारेर ल्याइएको बिरामीको अवस्था सुरुमा निकै जटिल भए पनि बिस्तारै औषधिले काम गर्न थालेको डाक्टरहरुले जानकारी दिएका छन् ।
झाडापखालाबाट सिकिस्त भएपछि तानसेनमा रहेको युनाइटेड मिशन अस्पतालमा १२ दिनसम्म नर्मताको उपचार भएको थियो । धेरै दिनसम्म उपचार गर्दा पनि निको हुने छाँटकाँट नदेखिएको भन्दै परिवार आत्तिएका थिए । उनको मृत्यु भएको भन्दै परिवारले माया मारेका थिए ।
अर्घ्यजल घाटमा राखी आफन्तले अन्य तयारी गरिरहँदा मृत्यु भएकी भनिएकी ज्ञवाली चलवलाएपछि गुल्मीको रिडी प्राथमिक उपचार केन्द्रमा पुर्याइएको थियो । उपचार केन्द्रमा चेकजाँचको क्रममा नर्मदाको नाडी र मुटुको धड्कन चलेपछि थप उपचारको लागि परिवार तथा आफन्तले तानसेनको लुम्बिनी मेडिकल कलेज प्रभासमा ल्याएका हुन् । उनको अवस्थामा परिर्वतन आएपछि डाक्टरहरु पनि अहिले अचम्ममा परेका छन् ।































प्रतिक्रिया