सुनसरी । इटहरी उपमहानगरपालिकाले व्यक्तिले भोगचलन गर्दै आएका सार्वजनिक पोखरीहरु उपमहानगर मातहत ल्याउन थालेको छ । मेयर द्वारिकलाल चौधरीको विशेष सक्रियतामा जमिनदारहरूले वर्षौदेखि भोगचलन गर्दै आएका पोखरी उपमहानगर मातहत ल्याएर माछाका भुरा हाल्न थालिएको हो ।
इटहरी ४ स्थित चौधरी टोलस्थित साढे पाँच कठ्ठाको पोखरीमा ९ पोका माछाका भुरा हालिएको छ । यसैगरी इटहरी १८ स्थित १० कठ्ठा क्षेत्रफलको डकाहा पोखरीमा १० पोका माछाका भुरा हालिएको छ । इटहरीका अन्य वडाका सार्वजनिक पोखरीहरुमा समेत माछाका भुरा हालिने मेयर चौधरीले जानकारी दिए ।
ती पोखरीहरुमा माछापालन गरि उपमहानगरको आन्तरिक आम्दानी वृद्धि गरिने मेयर चौधरीले बताए । उपमहानगरले नगरभित्र रहेका सार्वजनिक जग्गा खोजि अभियानलाई तिव्र बनाउने क्रममा ब्यक्तिले बर्षौदेखि भोगचलन गर्दै आएका करौडौका पोखरीहरु उपमहानगर मातहत ल्याइएको हो ।
यसअघि सडक किनारामा परेका भौतिक संरचनाहरु भत्काएका थिए । त्यसको सुरुवात मेयर चौधरीले आफ्नै घरको पर्खालमा डोजर लगाए गरेका थिए ।































प्रतिक्रिया