‘नमुना पशु अस्पताल’ निर्माणमा विलम्ब

‘नमुना पशु अस्पताल’ निर्माणमा विलम्ब

केन्द्रबिन्दु
98
Shares

तनहुँ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँको परिसरमा निर्माणाधीन ‘नमुना पशु अस्पताल’ को निर्माणमा विलम्ब भएको छ। गत पुसमा सम्पन्न गर्ने गरी भएको निर्माण सम्झौता पालना भएको छैन। भवनको काम भने अधुरै छ।

निर्माण कम्पनीको ढिलासुस्ती गरेका कारण सम्झौता अनुरुप सम्पन्न गर्न नसकिएको सङ्घीय तथा कार्यान्वयन एकाइ कास्कीका इञ्जिनियर शिव सुनारले बताए।

भवन निर्माणको जिम्मा इको विल्डर्सले पाएको छ। भवनको हालसम्म ७० प्रतिशतमात्र प्रगति भएको छ। जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्न कम्पनीलाई दबाब दिँदै आएको उनले बताए।

गण्डकी प्रदेश सरकारको मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक रु चार करोड नब्बे लाखको लागतमा उक्त कम्पनीले ठेक्का सम्झौता गरेको थियो।

बहुवर्षीय योजनाअन्तर्गत अस्पतालको भौतिक संरचना क्रमशः विस्तार गर्दै जाने योजनामा प्रदेश सरकार रहेको जनाइएको छ। अस्पतालका आवश्यक भौतिक पूर्वाधार निर्माण गरी सञ्चालन गर्न रु १० करोड लाग्ने अनुमान छ।

दमौलीमा पशु अस्पताल सञ्चालन भएपछि तनहुँका साथै छिमेकी जिल्ला गोरखा, लमजुङ र नवलपरासी आसपासका किसाना लाभान्वित हुनेछन्। पशु धनलाई क्षति हुनबाट जोगाउन पशु स्वास्थ्य कार्यक्रम प्रभावकारी हुने भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ।

Logo