नवलपरासी,
नवलपरासीको बर्दघाटबाट प्रहरीले होटल सञ्चालक सहित १० जनालाई पक्राउ गरेको छ । बर्दघाट २ चिसापानीमा रहेको न्यू सितलपार्टी स्टाप होटल रेष्टुरेन्ट एण्ड लजबाट होटल सञ्चालक सहित १० जनालाई पक्राउ गरेको हो ।
होटलमा अनैतिक क्रियाकलाप हुने गरेको सूचनाको आधारमा छापा मार्दा प्रहरीले होटेल सञ्चालक रेशम कोईराला सहित ४ महिला र ६ पुरूष गरि १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए । यस सम्बन्धमा थप अनुसन्धान हुँदै गरेको पनि प्रहरीले बताएको छ ।































प्रतिक्रिया