सुन तस्करी प्रकरणमा कलेज सञ्चालक गुरुङ पक्राउ

सुन तस्करी प्रकरणमा कलेज सञ्चालक गुरुङ पक्राउ

केन्द्रबिन्दु
33
Shares

काठमाडौं। डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङ सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले गुरुङलाई पक्राउ गरेको हो।

दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धान क्रममा गुरुङ योजनाकार रहेको पाइएको थियो।अनुसन्धानमा विमानस्थलमा १४ किलो सुनसहित पक्राउ परेका चन्द्र घले र घलेले पोलेका मीनबहादुर घलेलाई जीवनकुमारले परिचालन गरेको खुलेको थियो। पर्वत स्थायी घर भएका उनी पक्राउ पूर्जी जारी भएपछि फरार थिए।

Logo