सम्पदा अवलोकन गर्न चेओरवन मेयर ललितपुरमा

सम्पदा अवलोकन गर्न चेओरवन मेयर ललितपुरमा

केन्द्रबिन्दु
98
Shares

काठमाडाैँ। कोरियाको चेओरवान सहरका मेयर ली ह्युन जोङसहितको प्रतिनिधिमण्डल ललितपुर आइपुगेको छ। ललितपुर महानगरपालिकाको निमन्त्रणमा यहाँका असल अभ्यास र कार्यहरूको अवलोकन गर्न कोरियन मेयर जाङसहितको टोली ललितपुर आएको हो।

यहाँको भ्रमणपछि चेओरवनका मेयर जोङले ललितपुर महानगरको कला तथा संस्कृति र सम्पदाबाट आफू प्रभावित भएको बताएका छन्। ‘यो सुन्दर सहरमा निम्ता गरी काष्ठका साथै धातु र ढुंगामा चित्र खोपेर व्यक्त गरिने कला बारेमा आफूले ज्ञान प्राप्त गर्न पाएको धेरै भाग्यमानी ठानेको छु,’ उनले भने, ‘यहाँबाट हामीले धेरै कुरा सिकेर जाँदैछौँ।’

उनको यो भ्रमणपछि ललितपुर र चेओरवनका बीचमा भगिनी सम्बन्ध कायम गर्ने प्रस्तावसमेत अघि बढेको छ। ललितपुरका मेयर चिरिबाबु महर्जनले कोरियाको चेओरवन र ललितपुर महानगरबीच भगिनी सम्बन्ध कायम गर्न प्रयास भइरहेको बताए।

Logo