आज अनामनगर क्लवले चलायो सरसफाई अभियान

आज अनामनगर क्लवले चलायो सरसफाई अभियान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अनामनगर युवा क्लवले काठमाडौँ महानगरपालिका वडा नं. २९ का विभिन्न स्थानमा सरसफाई गरेको छ ।

युवा क्लवले शनिबार अनामनगर, हनुमानस्थान, बिजुलीबजार लगायतका १८ स्थानमा सरसफाई गरि डस्टबिन राखेको छ । क्लवका दर्जन बढी सदस्यहरुको उपस्थितीमा वडा नं. २९ भित्र पर्ने मुख्यचोक तथा सहायक सडकहरुमा सरसफाई गरि डस्टविन राखेको हो । क्लवको सरसफाई अभियानबाट स्थानीयबासीले खुशी व्यक्त गरेका छन् ।

क्लवले समाजमा रहेका विकृति विरुद्ध सरसफाई अभियान सञ्चालन गरी असल नागरिक उत्पादन गर्ने काम गरेको स्थानीयबासी हरिप्रसाद गिरीले बताए । उनले भने, ‘क्लवले राम्रो काम गरेको छ । सरकारले गर्ने काम भाईबैनीहरुले गरिरहनु भएको छ । यस्तो कामलाई हामीले प्रोत्साहन गर्नु पर्छ । आर्थिक, सामाजिक रुपमा सहयोग गर्नु पर्छ । यसलाई बढाएर लानु पर्छ । राज्यले, स्थानीय सरकार सबैले सहयोग गरेर असल नागरिक उत्पादन गर्ने कुरामा टेवा दिनु पर्छ ।’

क्लबले आगामी दिनमा पनि सरसफाई अभियानलाई निरन्तरता दिने बताएको छ ।

Logo