सुशीला खड्का ‘हसिना’काे कवितासङ्ग्रह ‘पहिरोभित्रको घाम’ लोकार्पण

सुशीला खड्का ‘हसिना’काे कवितासङ्ग्रह ‘पहिरोभित्रको घाम’ लोकार्पण

केन्द्रबिन्दु
30
Shares

कवि सुशीला खड्का ‘हसिना’द्वारा लिखित कविता सङ्ग्रह ‘पहिरोभित्रको घाम’ लोकार्पण गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले उक्त कविता सङ्ग्रहको विमोचन गरेका हुन्।

कुलपति राईले कविताले नकारात्मक धारणालाई चिरफार तथा असल संस्कारको निर्माण गर्ने बताए। सो कविता सङ्ग्रहले मुलुकलाई सुशानको दिशामा अग्रसर गराउन सकेमा प्रकाशनको औचित्य पुष्टि हुने बताए।

कवि खड्काले पहिरोभित्रको घाममार्फत वर्तमान समाजमा व्याप्त दूषित मानसिकता र मानिसप्रति दर्शाएको अमानुषिक व्यवहारलाई कविताका माध्यमबाट चित्रण गरेको बताए। उनले मानवीय संवेदना ज्यादै निम्नस्तरमा खस्केका कारणले जाति, धर्म, भाषाका आधारमा एकअर्कालाई होच्याउने तथा दुव्र्यवहार गरेको आजको समाजको दरिद्र अवस्थालाई देखाउन खोजेको जानकारी दिए।

साहित्यकार तथा समालोचक महेश पौडेलले आधुनिक युगका कविता आविष्कारभन्दा प्रतिक्रियात्मक भावका हुने गरेको पाइएको बताए। उनले ‘पहिरोभित्रको घाम’ कवितासङ्ग्रहमा प्रकृति, प्रेम, राजनीति र देशप्रतिको चिन्तन भरिएको बताए।

कार्यक्रममा साहित्यकार भुवनहरि सिग्देल, वरिष्ठ गीतकार तथा साहित्यकार राजेन्द्र थापा, वरिष्ठ छन्द कवि तथा साहित्यकार एवं पाठशाला नेपाल फाउन्डेसनका संस्थापक डा. रामप्रसाद ज्ञवाली र सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक राजेश थापालगायतको उपस्थिति थियो ।

Skip This
Skip This
Logo