सरकार र मिटरब्याजपीडितबीच आज पनि वार्ता हुने

सरकार र मिटरब्याजपीडितबीच आज पनि वार्ता हुने

केन्द्रबिन्दु
14
Shares

काठमाडौँ। सरकार र मिटरब्याजपीडितबीच आज फेरि वार्ता हुने भएको छ। शुक्रबार भएको वार्ता सकारात्मक भएकोले आज हुने वार्तामा सहमति जुट्न सक्ने पीडित पक्षका टोली संयोजक अवधेश कुशवाहले बताए।

मिटरब्याजपीडित सङ्घर्ष समितिका संयोजक नृग नविनले चौथो चरणको वार्ता सकारात्मक रहेको बताए।आजको वार्ताबाट निष्कर्ष निस्कने उनले अपेक्षा गरेका छन्।

सङ्घर्ष समितिले कुशवहाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ भने सरकारका तर्फबाट गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता समिति बनाएको छ। अधिकार सम्पन्न आयोग गठनलगायतका ६ बुँदे माग राख्दै मिटरब्याजपीडितले केही दिनयता काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन्।

Logo