अन्तर्राष्ट्रियस्तरको छ्याङ तथा रक्सी फेस्टिभल मनाइँदै

अन्तर्राष्ट्रियस्तरको छ्याङ तथा रक्सी फेस्टिभल मनाइँदै

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । नेवा:लहना विश्व सरसफाई अभियानद्वारा यहि फागुन २४ गतेदेखि २८ गतेसम्म छ्याङ-रक्सी फेस्टिभल मनाउने भएको छ ।

विदेशी रक्सीलाई होइन नेपाली रक्सीलाई मान्यता दिनुपर्ने भन्दै फेस्टिभलको आयोजना गरिएको नेवा:लहनाका संस्थापक राजमान मानवले बताए । यो फेस्टिभलबाट भोलिको दिनमा छ्याङ र नेपाली लोकल रक्सीलाई अन्तर्रास्ट्रियस्तरमा पुर्याउन सकिने उनको दाबी छ ।

कला र संकृति झल्काउने उदेश्यले याे फेस्टिभल आयोजना गरिएको हो । रक्सी सात वटा आइटम तथा छ्याङ १० आइटममा बन्ने राजमान मानवको भनाइ रहेको छ ।

कीर्तिपुर आफैंमा कलाले भरिएको ठाउँ हो यसमा पनि राजमान मानवले रंगीन बनाउँदै आएका छन्। कीर्तिपुर क्षेत्रलाई सधैं समाजको हितमा काम गर्ने मानव चाडै नेपाली राजनीति क्षेत्रमा समेत आउने संकेत देखिएको छ।

Skip This
Skip This
Logo