दाइजोमा सुनको सिक्री खाेज्ने वीरगन्ज महानगरका कम्प्युटर अपरेटर पक्राउ

दाइजोमा सुनको सिक्री खाेज्ने वीरगन्ज महानगरका कम्प्युटर अपरेटर पक्राउ

केन्द्रबिन्दु
36
Shares

पर्सामा सुनको सिक्री नदिएको भन्दै जन्ती फर्काउन खोजेका बेहुलासहित आठ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बेहुला बाराको कलैया उपमहानगर ४ का उमेश शाह छन् । विवाह मण्डपमा सुनको सिक्री नदिएको झोकमा होहल्ला गरेको र विवाह रद्द गर्न खोज्दा बेहुलालाई साहसहित ८ जनालाई वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले सोमबार राति पक्राउ गरेको हो ।

देशकै आर्थिक नगरीको नामले चिनिएको वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटरसमेत बेहुला शाहले दाइजोमा नगद १२ लाख , मोटरसाइकल खरिद गर्न ३ लाख २५ हजार , एक थान ल्यापटप, एक थान सुनको अंगुठी र सुनको हनुमानी माला लिएका थिए तर, सोमबार राति जन्तीसहित बिहे गर्न वीरगञ्ज रानीघाट गएका उनले विवाह मण्डपमा बेहुली पक्षबाट सुनको सिक्री नपाउँदा बिहे नै रद्द गरेका हुन् ।

Logo