अवैध सम्बन्ध लुकाउन बुहारीद्वारा सासुको हत्या प्रयास

अवैध सम्बन्ध लुकाउन बुहारीद्वारा सासुको हत्या प्रयास

केन्द्रबिन्दु
0
Shares

पर्सा । आफ्नै सासुको हत्या गर्न खोज्ने एक बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै सासुलाई धारिलो हतियार प्रहार गरी हत्या प्रयास गरेको अभियोगमा प्रहरीले कालिकामाई गाउँपालिका २ भेडिहारीकी ३० वर्षीया इन्दुदेवी महरालाई पक्राउ गरेको हो ।

इन्दुले शनिबार दिउँसो सासु राजमती देवी महरालाई धारिलो हतियार ग्रासीले टाउँकोमा प्रहार गरी गम्भीर घाइते बनाएकी थिइन् । घटनापछि ससुराले दिएको जाहेरीका आधारमा प्रहरीले इन्दुलाई पक्राउ गरेको हो ।

अनुसन्धानका क्रममा इन्दुले आफ्नो अवैध सम्बन्ध लुकाउन सासुको हत्या प्रयास गरेको खुलेको प्रहरीले जनाएको छ । घाइते राजमतीको वीरगञ्ज न्यूरो अस्पतालमा उपचार भईरहेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Logo