ललितपुर । घाँटीमा चक्कु राखेर बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । काभ्रेको पाँचखाल घर भई ललितपुरको महालक्ष्मी नगरपालिका चाँगाथलीमा बस्दै आएका २० वर्षीया निशान अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । एक १७ वर्षीया युवतीलाई ग्वार्कोबाट घर पु¥याईदिने भन्दै आफ्नै डेरामा लगेर बलात्कार गरेको आरोप लागेको छ ।
युवकले असार १८ गते साँझ युवतीलाई ग्वार्कोबाट घर पुरयाईदिने भन्दै बसमा चढाएका थिए । नम्बर थाहा नभएको बसमा चढेकी युवतीलाई चाँगाथलीमा रहेको डेरामा बन्धक बनाएर बलात्कार गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख गौतम मिश्रले जानकारी दिए ।
कोठामा डरधम्की देखाएर घाँटीमा चक्कु राखेर करणी गरेको पीडित युवतीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । शौचालयमा लुकेर भाग्न सफल भएकी युवतीका परिवारले असार १९ गते प्रहरीमा उजुरी दिएका थिए । परिवारको उजुरीपछि प्रहरीले बलात्कारमा संलग्न भएको आरोपमा अधिकारीलाई असार १९ गते दिउँसो चाँगाथलीबाट पक्राउ गरेको हो ।
पाँचच दिन म्याद थप गरी जबरजस्ती करणी मुद्दामा अधिकारीमाथि अनुसन्धान भइरहेको मिश्रले बताए । तर पक्राउ परेका युवकले भने युवतीको सहमतिमै यौन सम्बन्ध भएको बताएका छन् ।





























प्रतिक्रिया