मनि ट्रान्फसरका सञ्चालकमाथि रौतहटमा गोली प्रहार भएको छ । परोहा नगरपालिका-९ का २६ वर्षीय नितेश साहमाथि शुक्रबार दिउँसो गोली प्रहार भएको हो ।
कार्यालयमा बसिरहेको समयमा साहको टाउकोमा गोली प्रहार भएको र हाल उपचारको लागि वीरगन्ज लगिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । गोली चलाउने समूहका तीन जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको छ ।





























प्रतिक्रिया