तेह्रथुमको फेदापमा आगलागी, घटनास्थल पुग्दै सुरक्षाकर्मी

तेह्रथुमको फेदापमा आगलागी, घटनास्थल पुग्दै सुरक्षाकर्मी

केन्द्रबिन्दु
98
Shares

विराटनगर । तेह्रथुमको फेदाप गाउँपालिका–१, मयन्तापामा आगलागी भइरहेको छ । जंगलमा लागेको डढेलो फैलिएर बस्तीमा आइपुगेको अनुमान गरिएको छ ।

पछिल्लो जानकारीअनुसार दर्जनभन्दा बढी घर जलेर नष्ट भएका छन् । आगोले स्थानीयका घर, घरभित्रका धनमाल अनि केही चौपायाहरु समेत जलेको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा सदरमुकाम र आसपासका चौकीबाट प्रहरी तथा सेनाको टोली घटनास्थलतर्फ गइरहेको प्रहरीले जनाएको छ ।

आगलागीबाट के कति क्षति भयो भन्ने यकिन भइसकेको छैन । घटनास्थलमा पुगेर आगो निभाउने साथै स्थानीयको उद्धार गर्ने काम प्राथमिक रुपमा गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट हालसम्म कुनै मानवीय क्षति भएको जानकारी आएको छैन ।

यसअघि हिजो तेह्रथुमकै आठराई गाउँपालिका–१ संक्रान्तिबजार नजिकै गाउँमा आगलागी हुँदा चारवटा घर जलेका थिए । प्रहरीका अनुसार स्थानीय देवी गौतम, बलराम गौतम, गणेश गौतम, गोविन्द गौतमको घर र दुई वटा गोठ जलेका हुन् ।

शनिबार मोरङ, तेह्रथुम र भोजपुरमा आज भएका आगलागीको घटनामा स्थानीयका ३२ वटा घर जलेर नष्ट भएका थिए । मोरङको पुरानो सदरमुकाम रंगेली नगरपालिका–३ आज अपराह्न भएको आगलागीमा परी स्थानीय सन्थाल समुदायका २२ वटा घर जलेका थिए् ।

यस्तै, भोजपुरको भोजपुर नगरपालिका–१२ मालबाँसेमा आजै भएको आगलागीमा केही स्थानीयको घर जलेर नष्ट भएको छ । हिजो साँझ भोजपुरकै हतुवागढी गाउँपालिका–७ पात्लेपानीमा आगलागी हुँदा एक बालिका र दुई बालकको मृत्यु भएको थियो ।

Logo