कथाकार परशु प्रधानको निधन

कथाकार परशु प्रधानको निधन

केन्द्रबिन्दु
112
Shares

काठमाडौँ। साहित्यकार तथा कथाकार परशु प्रधानको निधन भएको छ। ८० वर्षीय प्रधानको गएराति काठमाडौँ बानेश्वरस्थित निवासमा निधन भएको हो।

उनको पार्थिव शरीर बानेश्वरस्थित राधामोहन मार्ग-२० मा श्रद्धाञ्जलीका लागि राखिएको छ। प्रधानको बिहान ९ बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने भएको छ। वि.सं.२००० मा भोजपुरमा जन्मिएका परशु प्रधानले गद्य अर्थात् कथा तथा उपन्यास विधामा कलम चलाउने गरेका थिए।

उनका १३ वटा कथा सङ्ग्रह प्रकाशित भएका छन्। प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविता लेखेका थिए। २०२५ मा सबै बिर्सिएका अनुहारहरु प्रकाशित थियो भने १३ वटा कथा संग्रह प्रकाशित भएका छन्।

बक्ररेखा, फेरी आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरु, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तरार्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्धानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया कथा संग्रह हुन्।

Logo