सिनामंगलमा दुई माइक्रो ठोक्किँदा १६ जना घाइते

सिनामंगलमा दुई माइक्रो ठोक्किँदा १६ जना घाइते

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । काठमाडौँको सिनामंगलमा दुई माइक्रो ठोक्किँदा १६ जना घाइते भएका छन् । घाइते मध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ ।

सिनामंगल सूचना विभाग अगाडि मंगलबार बिहान ७ बजे गौशालाबाट सिनामंगल जाँदै गरेको बा ४ ख ५१०० नम्बरको हायस र सिनामंगलबाट गौशाला जाँदै गरेको बा १ झ ९७७६ नम्बरको माइक्रो एकापसमा जुध्दा दुर्घटना भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एवं डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

घाइतेहरुको काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Logo