काठमाडौंको धूलो उठाउन प्रदेश सरकारले १२ वटा ब्रुमर दिने

काठमाडौंको धूलो उठाउन प्रदेश सरकारले १२ वटा ब्रुमर दिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रदेश ३ को सरकारले काठमाडौं उपत्यकाको सफाईका लागि १२ वटा धूलो उठाउने ब्रुमर तत्काल उपलब्ध गराउने घोषणा गरेको छ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौं उपत्यकालाई सफा सहरको रुपमा विकास गर्न केही समय भित्रै १२ वटा ब्रुमर उपलब्ध गराउने घोषणा गरे ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले काठमाडौं उपत्यकामा हुने सडकको भीडलाई उचित व्यवस्थापन गर्न १० वटा आकाशेपुल निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरिएको पनि बताए ।

काठमाडौंका जनताले प्रदेशको राजधानी कहाँ भनि खोज्ने गरेको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले उनीहरुको घरघरमा सरकारको अनुभूति हुने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा मुख्यमन्त्री पौडेलले काठमाडौं उपत्यकामा विद्युतीय बस संचालनका लागि ३० करोड रुपैयाँ हस्तान्तरण पनि गरेका थिए । सर्वसाधरणलाई सस्तोमा यातायात सेवा उपलब्ध गराउने उद्देश्यका साथ काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकासँगको सहकार्यमा काठमाडौं उपत्यकामा विद्युतीय बस संचालन गर्ने कामलाई अघि बढाइएको पनि मुख्यमन्त्री पौडेलको भनाई छ ।

Logo