भक्तपुर । भक्तपुरको चागुनारायण नगरपालिका–७ बाँसबारीमा सोमबार दिउँसै एक ६१ वर्षीया बृद्धाको घाँटी रेटेर हत्या भयो । सिन्धुपाल्चोक घर भएकी साबित्री भट्टराई छोरीको घरमा आएका बेला ज्यान गुमाउन पुग्नि । उनको हत्यामा संलग्न तीन जना पक्राउ परेका छन् ।
जब हत्यारा पक्राउ परे त्यसपछि घटनाले नयाँ मोड लियो । साबित्रीको हत्या त उनकै छोरी ईश्वरी थापाको निर्देशनमा भएको रहेछ । इश्वरीले आफ्ना प्रेमी सिरहाका समिर भनिने मोहमद नौसादसँग मिलेर आमाको हत्या गराएकी रहेछिन् ।
आजभन्दा ९ वर्षअघि सोनाम थापा मगरसँग विवाह गरेकी ईश्वरीका एक चार वर्षका छोरा छन् । गार्मेट कारखानामा काम गर्दै आएकी ईश्वरीको सम्बन्ध विस्तारै नौसादसँग नजिकिन पुग्यो । हुँदा हुँदै उनीहरु शारीरिक सम्पर्क समेत राख्न पुगे । विस्तारै उनीहरु विवाह गर्ने नै योजनामा पुगे ।
जुन कुरा आमा सावित्राले थाहा पाईन् । उनले छोरीको घरबार विग्रिने डरले नौसादलाई घरमा नआउँन चेतावनी दिदैं आईन् । उनले ज्वाईलाई भनिदिने भन्दै धम्की समेत दिन पुगिन् । जुन धम्की उनकै काल बनेर आयो ।
त्यहि क्रममा छोरीले आमासँग नौसादलाई विदेश पठाईदिने सल्लाह गरिन् । त्यसको लागि लाग्ने एक लाख रुपैयाँ पनि सावित्रीले नै व्यवस्थापन गरिन् । र उनलाई दुबई पठाईयो । दुबई गएको एक महिनानै उनी नेपाल फर्किए । नेपाल फर्किएलगत्तै ईश्वरी र नौसादले आमाको ‘सफाया’ गर्ने योजना बनाए ।
दुई जनाबीच विदेशमै रहँदा आमाको हत्या गर्ने योजना बनेको थियो । सोही योजना अनुरुप नौसाद असार १० गते नेपाल आए । नेपाल आएपछि असार १२ गते भारत गएर १४ गते दुई जना कन्ट्राक्ट किलर अर्जुनकुमार भनिने भोलाकुमार र मोहम्मद रसिदलाई लिएर आए ।
कन्ट्राक्ट किलरलाई उनीहरुले १२ लाख रुपैयाँ दिने सहमति भयो । उनीहरुको आईतबार नै आमाको हत्या गर्ने योजना बन्यो । सोही योजनाअनुसार ईश्वरी बिहानै दिदीको घर गईन् र आमालाई छोरा स्कूल पु¥याउने जिम्मेवारी दिईन् ।
एयरपोर्ट नजिकै होटल सञ्चालन गरेका ईश्वरीका श्रीमान सोनाम पनि श्रीमतीसँगै काममा निस्किए । त्यसपछि नौसादसहित तीन जनाको घरमा इन्ट्री भयो । नौसादलाई देख्ने विक्तिकै सावित्रीले, ‘तँ किन आएको’ भन्दै कराईन् । यो छिमेकीले सुनिरहेका थिए । छिमेकीले आमा के भयो भनेर सोधेका थिए । तर सावित्राले ‘केही होइन, आफन्त नै हो’ भनिन् । त्यसपछि छिमेकी आफ्नो कामतिर लागे । छिमेकीले बच्चा स्कुल लैजान ढिला भयो भनेपछि सावित्री नातीलाई तयार गर्न लागिन् । केही घण्टामा त उनको हत्या भएको सुनियो ।
नौसादले सावित्रीको मुख थिनेका थिए । अर्जुनले टाउँको र हात समाएका थिए भने रहिशले घाँटी रेटेर हत्या गरेका थिए । उनीहरुले हत्या गर्न सानो खाले चक्कु प्रयोग गरेका थिए ।
‘कराउन थालेपछि मैले मुख थुने, अर्जुनले टाउँको र हात समाए र रहिशले घाँटी रेटेर हत्या गरेका हौं’ नौसादले दिएको प्रारम्भिक बयान उल्लेख गर्दै महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले भने ।
श्रीमानसँगको असन्तुष्टि हत्याको कारकः
९ वर्षअघि वैवाहिक बन्धनमा बाधिएका ईश्वरी र सोनामबीच सम्बन्धमा चिसोपना आएको थियो । त्यसको कारण थियो, सोनाम जतिबेला पनि व्यस्त । जसका कारण उनी नौसादसँग नजिकिन पुगिन् ।
उनी आफ्नो श्रीमानबाट नपाएको यौन सुख नौसादबाट पाउन चाहन्थिन् । सोही अनुसार विस्तारै उनीहरु शारीरिक सम्बन्ध राख्न थाले । पछि पछि नौसाद दिउँसै ईश्वरीको घरमा आउन थाले । जुन कुरा सोनामलाई जानकारी थिएन् ।
नौसादले पछि अवैध सम्बन्ध राखेको तस्बिर र भिडियो मोवाईलमा कैद गर्दै ब्याल्कमेलिङ गर्न थाले । उनले सोनामलाई समेत ईश्वरीसँगका नग्न तस्बिरहरु पठाएका थिए ।































प्रतिक्रिया