कृष्णबहादुर महरामाथि भेपको सुन तस्करीमा अनुसन्धान गरिँदै

कृष्णबहादुर महरामाथि भेपको सुन तस्करीमा अनुसन्धान गरिँदै

केन्द्रबिन्दु
70
Shares

काठमाडौं। प्रहरीले नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई सुन तस्करीको मतियारको भूमिका खेलेको भन्दै सोहीअनुसार अनुसन्धान गर्ने भएको छ।

सोमबार कपिलबस्तुबाट पक्राउ परेका महरामाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान थालेको छ। स्वास्थ्य अवस्था कमजोर रहेका कारण महरालाई हाल नर्भिक अस्पताल भर्ना गरिएको छ।

विद्युतीय सिगरेट (भेप)मार्फत भएको नौ किलो सुन तस्करी प्रकरणमा जोडिएका महरालाई सोही सुन तस्करीको सहयोगी भूमिका खेलेको आरोपमा अनुसन्धान हुने सीआईबीले जनाएकाे छ।

Logo