सप्तकोसीको किनारबाट १६४ किलो गाँजा बरामद

सप्तकोसीको किनारबाट १६४ किलो गाँजा बरामद

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ। सप्तकोसी नदीबाट डुंगामा लैजाँदै गरेको १६४ किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतराले मंगलबार राति साढे एक बजे सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित सप्तोकोसी नदीबाट उक्त गाँजा बरामद गरेको हो ।

५-६ जनाको समूहले डुंगाबाट गाँजा निकाल्दै गरेको अवस्थामा गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए। नियन्त्रणमा लिएको गाँजा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको छ।

Logo