प्रधानसेनापतिले प्रदान गरे ५५ जना नव नियुक्त सैनिक अधिकृतहरूलाई दर्ज्यानी चिन्ह

प्रधानसेनापतिले प्रदान गरे ५५ जना नव नियुक्त सैनिक अधिकृतहरूलाई दर्ज्यानी चिन्ह

केन्द्रबिन्दु
140
Shares

काठमाडौँ। प्रधानसेनापति प्रभुराम शर्माले नव नियुक्त उपसेनानीहरूलाई पदोन्नति भएको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति महारथी शर्माले नेपाली सेनाको प्राड सेवा र प्राविधिक सेवा अन्तर्गत स्वास्थ्य समूहमा रिक्त रहेका अधिकृत पदहरूमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट छनौट भएका प्राड उपसेनानी २ जना र प्राविधिक उप सेनानी(स्वास्थ्य समूह) ५३ जना गरी ५५ जना नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

प्रधानसेनापतिसँगै बलाधिकृत रथी अशोकराज सिग्देल र सैनिक तालिम महानिर्देशक उपरथी सन्तोष कुमार ढकालले पनि नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

Logo