नरेन्द्रराज र इन्दिरा प्रसाईंले पुरस्कार तथा सम्मान ग्रहण नगर्ने

नरेन्द्रराज र इन्दिरा प्रसाईंले पुरस्कार तथा सम्मान ग्रहण नगर्ने

केन्द्रबिन्दु
140
Shares

काठमाडौं। नेपाली साहित्यको श्रीवृद्धिमा सक्रिय नइ प्रकाशनका अगुवा नरेन्द्रराज प्रसाईं र इन्दिरा प्रसाईंले नेपाली भाषासाहित्यको श्रीवृद्धि हेतु गठित कुनै पनि संघ संस्थाबाट पुरस्कार तथा सम्मान ग्रहण नगर्ने निर्णय गरेका छन्।

नई प्रकाशनकी कुलपति इन्दिरा प्रसाईंका अनुसार केही संघ संस्थाबाट स्रष्टाहरू सम्मान, पुरस्कार या अभिनन्दन लेनदेनमा समाहित भएको समेत देखिएकाले विविध दोषबाट जोगिन र आफू आवद्ध संस्थाहरुलाई आरोप प्रत्यारोपबाट जोगाउन यस्तो निर्णय गरिएको बताएका हुन्।

‘हामी नइले मन,वचन र कर्मले खाईनखाई स्थापना गरेका संस्थाउपर कसैले हिलो छ्याप्न नपाऊन्, राजनीतिक रङ दल्न नपाउन् र खोँचे थापेर लाञ्छना लगाउन नसकुन् भन्ने हाम्रो चाहना हो। यी अनेक दोषबाट अलग्गिएर संस्थाको मर्यादा जोगाउनु हामीले हाम्रो प्रमुख कर्तव्य ठानेको बेहोरा पनि सृजनशील वाैद्धिक प्राज्ञिक समाजसमक्ष पेस गरेका छौँ,’ कुलपति प्रसाईंले बिहीबार विहान सामाजिक संञ्जालमा लेखेकी छिन्।

इन्दिरा–नरेन्द्रराज वानीरा फाउन्डेसन र त्रिमूर्ति निकेतनमा पनि आवद्ध छन्। नइ प्रकाशनको अगुवाइमा केही दिनअघि मात्र नइ प्रकाशनको योगदानको उच्च कदर गरेर नेपाल सरकारको स्वीकृतिमा नेपाल राष्ट्र बैंकले एकसय रुपैयाँको सिक्का प्रकाशनमा ल्याएको थियो।

Logo