काभ्रे ।
नेपाल पत्रकार महासंघ काभ्रे शाखाको २८ औं स्थापना दिवस एवं साधारण सभा विहिबार सम्पन्न भएको छ ।
सो साधारण सभाले विगत लामो समयदेखि प्रदान गर्दै आएको स्व.भरतराज पत्रकारिता पुरस्कारबाट मध्यमार्ग साप्ताहिकका प्रधान सम्पादक प्रदीप केसीलाई सम्मान गरेको छ । मध्यमार्ग साप्ताहिक जिल्लाबाट विगत १५ वर्षदेखि निरन्तररुपमा प्रकाशित छ ।
केसी ०४२ सालबाट निरन्तररुपमा पत्रकारिता गर्दै आएका छन् । उनलाई नगद, सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको थियो ।
सम्मानको क्रममा केसीले आफूले पाएको पुरै रकम पत्रकार महसंघको कोषमा जम्मा हुने गरि कार्यसमितिका कोषाध्यक्ष कपिल कोइरालालाई हस्तान्तरण गरेका थिए ।





























प्रतिक्रिया