होली पर्वलाई मध्यनजर गरी काठमाडाैंका चाेकचाेकमा चेकिङ 

होली पर्वलाई मध्यनजर गरी काठमाडाैंका चाेकचाेकमा चेकिङ 

केन्द्रबिन्दु
56
Shares

काठमाडौं। सद्भावनाको पर्व होली, आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ। प्रहरीले फागु पर्व (होली) पर्वलाई मध्यनजर गरी देशभरका सबै ठाउँमा सुरक्षा व्यवस्था मजबुत बनाएको छ।

होलीलाई लक्षित गरेर बिहानैदेखि उपत्यकाका विभिन्न ठाउँमा विहानैदेखि चोकचोकमा प्रहरीले चेकिङ सुरु गरेको छ। अवाञ्छित र उच्छृङ्खल गतिविधि हुन नदिन काठमाडौँमा बिहानैदेखि चेकजाँचको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।

अनावश्यक हर्न बजाउने, होहल्ला गरी सवारी चलाउने, ठूलो आवाज निकाल्ने वा बजाउने, मोटरसाइकलमा तीन जना चढ्ने, हेल्मेट नलगाउने, तीव्र गतिलगायत क्रियाकलापमा संलग्नलाई निगरानी गरी कारबाही गरिने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएकाे छ।

काठमाडौँमा उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ परिसरका जनशक्तिहरूलाई संयुक्त रूपमा परिचालन गरी ९० भन्दा बढी स्थानमा संयुक्त चेकिङको व्यवस्था गरिएको छ ।

Logo