सुनकोशीमा बेपत्ता तीन बालबालिकाको खोजी गर्न सशस्त्रको गोताखोर परिचालन

सुनकोशीमा बेपत्ता तीन बालबालिकाको खोजी गर्न सशस्त्रको गोताखोर परिचालन

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ। होली खेलेर नुहाउने क्रममा सुनकोशी नदीमा बेपत्ता भएका तीन बालबालिका खोजी गर्न सशस्त्र प्रहरी बलको गोताखोर परिचालन गरिएको छ।

उदयपुरको त्रियुगा नगरपालिका-१४ धाप्लाङघाटस्थित सुनकोसी नदीमा पौडी खेल्ने क्रममा आइतबार दिउँसो तीन बालबालिका बेपत्ता भएका थिए। पाँच जना बालबालिका सुनकोशीमा पौडी खेल्न प्रवेश गरे पनि दुई जना चाहिँ निक्लन सफल भएका थिए।

अबेरसम्म सशस्त्र प्रहरी बल नं. ५ त्रियुगा गण उदयपुरले खोजतलास गरे पनि फेला नपरेपछि आज बिहान कोशी प्रदेशस्थित नं. १ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोर परिचालन गरिएको हो।

सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्लेको कमान्डमा ९ जना गोताखोरसहितको फौज परिचालन गरी खोजी कार्य सुरु गरिएको सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

Skip This
Skip This
Logo