ढोलाहिटी हत्या प्रकरणः मुख्य चार आरोपी सार्वजनिक

ढोलाहिटी हत्या प्रकरणः मुख्य चार आरोपी सार्वजनिक

केन्द्रबिन्दु
126
Shares

ललितपुर महानगरपालिका–२६ ढोलाहिटी घटनामा संलग्न भएका मुख्य चार आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ ।

दुई समूहबीच झडप हुँदा दुईजनाको ज्यान गरी भएकाे घटनामा जिल्ला प्रहरी परिसर ललितपुरले आज पत्रकार सम्मेलन गरी मुख्य आरोपी खोटाङ साकेला गाउँपालिका-२ का विजय राई र सोही ठाउँका सुलभ राई, भोजपुर ट्याम्केमयुङ-२ का विशाल हाङ मुकारुङ र काठमाडौं गोकर्णेश्वरका छेङविहाङ राईलाई सार्वजनिक गरेको हो । उनीहरुमाथि कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको छ ।

होली पर्वका दिन गएको आइतबार राति करिब ९ बजे ढोलाहिटीस्थित सो रेस्टुरेन्टमा दुई समूहबीच झडप भएको थियो । त्यसक्रममा चक्कु प्रहारबाट दुई युवकको मृत्यु भएको थियो । मृत्यु हुनेमा धरान घर भई ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर जिल्ला घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पुजन राई थिए । रेस्टुरेन्टमा सँगै मदिरा सेवन गरेका केही साथीले घाइतेलाई अस्पताल पुर्‍याएका थिए । अस्पताल पुर्‍याइएलगत्तै चिकित्सकले रेवाज र प्रजनलाई मृत घोषणा गरेका थिए ।

घटनामा चक्कु प्रहार गर्ने विजय यसअघि लागुऔषध मुद्दामा दुई वर्ष जेल सजाय भोगेर छुटेका व्यक्ति भएको प्रहरीले जनाएको छ ।

Logo