काठमाडौंबाट पेस्तोलसहित पक्राउ परे ताप्लेजुङका प्रशान्त

काठमाडौंबाट पेस्तोलसहित पक्राउ परे ताप्लेजुङका प्रशान्त

केन्द्रबिन्दु
252
Shares

काठमाडौं । काठमाडौंबाट पेस्तोलसहित एक जना पक्राउ परेका छन्। ताप्लेजुङ फुङलिङका प्रशान्त पराङदेवा लिम्बू अवैध पेस्तोलसहित काठमाडौंको सरस्वतीनगरबाट पक्राउ परेका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सृजना गरेको अभियोगमा प्रशान्तलाई पक्राउ गरेको जनाएको छ।

हाल काठमाडौ महानगरपालिका-६ सरस्वतीनगर बस्ने गरेका २८ वर्षिय प्रशान्तले कपन क्षेत्रमा शंकास्पद गतिविधिहरु गरेको सूचना पाएपछि उनलाई पेस्तोलसहित समातिएको प्रहरीको भनाई छ।

प्रशान्तले आफ्नो निवासमा कटुवा पेस्तोल थान १, धारिलो चक्कु थान २, फलामको हम्बर थान १, मोबाईल थान २ पनि राखेकोमा प्रहरीले बरामद गरेको जनाएको छ।

Logo