तपाईंको यो साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

तपाईंको यो साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

केन्द्रबिन्दु
294
Shares

१८ गते आइतदेखि चैत २४ शनिबारसम्मको राशिफल ।

ज्योतिष शास्त्रका अनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन् त्यसैगरी १२ राशी छन्। वैदिक ज्योतिषमा, जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ। हामी ग्रह स्थिति अनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौं। साप्ताहिक राशिफलको मद्दतले तपाईले आगामी साता तपाईंको लागि कस्तो रहनेछ, के नयाँ हुन सक्छ, तपाईको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ,समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ।

तपाईंको राशिअनुसार थप योजनाहरू बनाउनुस् । हामीले प्रधान गरेको उपायले तपाईंको यो साता राम्रो बित्ने छ। सबैलाई सबै राशिका कुरा नमिल्न सक्छ ,यो भबिष्यवाणी ग्रह गोचरको आधारमा हुनेछ। यदि तपाईंहरुले हामिले दिएको उपाय गर्नु भयो भने तपाईंहरुको यो साता राम्रो बित्नेछ।

हेराैं, ज्योतिषी आचार्य श्री प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल –

मेष राशि

याे साताको सुरुवातमा तपाईं थोरै चिन्तित बन्न सक्नुहुन्छ । यसले घरमा खुशीको कमी हुन सक्छ, त्यसैले धेरै चिन्ता नगर्नुहोस् र काममा ध्यान दिनुहोस्। ब्यापार ब्यबसायीहरुका लागि साता अनुकुल रहनेछ । सेयर बजारमा लगानी गर्दा सावधानी अपनाउनुहोला । नयाँ वस्तु खरिदमा धन खर्च हुनेछ ।

तपाईंले आफ्नो जिद्दी स्वभावलाई प्रेम सम्बन्धमा लचिलो बनाउनुपर्छ। साताको अन्त्यमा शेयर बजारबाट आम्दानी गर्न सकिनेछ। धैर्य हुनुहोस् र योजनाहरू कार्यान्वयन गर्ने प्रयास गर्नुहोस्। यो साता तपाईंको बोलीको मिठास मानिसहरुका लागि आकर्षणको केन्द्रबिन्दु रहनेछ, त्यसैले चिन्ता नगरी सबै काम सावधानीपूर्वक गरिरहनुहोस्। कानुनी मामिलामा जित हात पार्न सकिनेछ। साताको अन्त्यमा तपाईंको आर्थिक अवस्था उत्कृष्ट रहनेछ । तपाईंलाई अचानक लामो दूरीको यात्रा गर्नु पर्ने हुनसक्छ ।

समस्या समाधानका लागी हनुमान चालिसाको नियमित पाठ गर्नु र गरिबलाई भोजन गराउनु उचित हुन्छ ।

वृष राशि

यो साता धेरै राम्रो फलदायी रहेको छ । रोजगारीमा प्रगति हुने अवसर मिल्नेछ । तपाईको यो साता धेरै सकारात्मक रुपमा सुरु हुनेछ। तपाईंले आफ्नो व्यवसायमा नयाँ योजना बनाउनुहुनेछ । विदेशमा नयाँ कामको खोजीमा हुनुहुन्छ भने सफलता मिल्न सक्छ । उच्च शिक्षामा सकारात्मक नतिजा मिल्नेछ । प्रशासन र सञ्चार क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूका लागि साता अत्यन्तै अनुकूल छ। तपाईं आफ्नो जीवन साथीसँग धेरै समय बिताउन पाउनुहुन्छ। तपाईंका धेरै महत्त्वपूर्ण कार्यहरूले गति लिन सक्छ । यो साता अनावश्यक क्रोधबाट टाढा रहनुहोस्। घरपरिवारमा कलहको अवस्था आउन सक्छ ।

समस्या समाधानका लागी गायात्री मन्त्र नियमित जप गर्नु र चराचुरुङ्गीलाई पानीको
व्यवस्था गर्नु उचित हुन्छ ।

मिथुन राशि

यो साता निकै राम्रो रहनेछ । रोजगारीको खोजीमा रहेका युवालाई राम्रो अवसर मिल्नेछ । यो साताको शुरुवात नयाँ योजनाको थालनीका लागि अत्यन्तै अनुकूल छ। विद्यार्थीहरूले करियर परिवर्तन गर्ने अवसर प्राप्त गर्नेछन्। यो साता तपाईको स्वास्थ्य राम्रो रहनेछ। यो साता तपाई आरामको मुडमा रहनुहुनेछ। दाम्पत्य सम्बन्धमा प्रेम र आत्मीयता बढ्नेछ। कार्यस्थलको समस्यालाई कुशलतापूर्वक समाधान गर्नुहुनेछ। नयाँ व्यवसायको सुरुवात गर्नुहुनेछ।

बैङ्किङ तथा सञ्चारमाध्यमसँग सम्बन्धित व्यक्तिहरूका लागि साता विशेष अनुकूल रहेको छ । परिवारमा धार्मिक कार्यक्रम आयोजना गर्न सकिनेछ । साताको अन्त्यमा तपाईको भाग्य बढ्ने समय हुन सक्छ। यस अवधिमा तपाईले घरमा नयाँ गाडी वा विलासी वस्तु ल्याउन सक्नुहुन्छ। यदि तपाईंले आफ्नो समय कुशलतापूर्वक प्रयोग गर्नुभएन भने तपाईंले महत्त्वपूर्ण अवसरहरू गुमाउन सक्नुहुन्छ। अरूको काममा हस्तक्षेप नगर्नुहोस् । राजनीतिक विवादबाट टाढा रहनुहोस्। आफ्नो शक्ति र अधिकारको दुरुपयोग नगर्नुहोस्।

समस्या समाधानका लागी ॐ नमो भगवते बासुदेबाय मन्त्र नियमितरूपमा १०८ जप गर्नु उचित हुन्छ ।

कर्कट राशि

शुरुका दुई दिन तपाईंको मन विचलित रहनेछ । यदि तपाईं भूमि वा खानीसँग सम्बन्धित कुनै काममा हुनुहुन्छ भने, यो साता तपाईंको लागि राम्रो रहनेछ। तपाईंले केही खनिज सामग्री फेला पार्ने सम्भावना छ। यो साता विचलित नहुनुहोस् र शान्तिपूर्वक समय बिताउनुहोस्। यो साता अनुकूल परिस्थितिको भरपुर फाइदा उठाउनुहुनेछ। कामसँग सम्बन्धित समस्याबाट छुटकारा मिलाएर आराम मिल्नेछ। तपाईंले महत्त्वपूर्ण व्यापार सम्झौतामा हस्ताक्षर गर्न सक्नुहुन्छ। सामाजिक संस्थाबाट सम्मानित हुन सक्नुहुनेछ । विद्यार्थीहरूलाई अचानक जागिरको अवसर मिल्न सक्छ। यो साता आलस्यबाट बच्ने प्रयास गर्नुहोस्। स्वास्थ्यसँग सम्बन्धित केही समस्याहरू सामना गर्न सक्नुहुन्छ। तपाईंको बोलीबाट उच्च अधिकारीहरु रिसाउन सक्छन्। आफ्नो गोप्य कुरा अरूसँग बाँड्दा सावधान रहनुहोस् ।

समस्या समाधानका लागि ॐ नम शिबायको सधैं जप गर्नु उचित हुन्छ ।

सिंह राशि

यो साता मिश्रित फलदायी रहेको छ । साताको सुरुवात थोरै नकारात्मक रुपमा हुनेछ तर बिस्तारै परिस्थितिहरु तपाईंको पक्षमा बदलिन थाल्नेछ ।तपाईको जीवनसाथीले शारीरिक पीडा भोग्नु पर्न सक्छ । साताको अन्त्य तपाईंका लागि लाभदायक साबित हुनेछ। यदि तपाईं आफ्नो व्यवसायमा पैसा लगानी गर्न लगानीकर्ता खोज्दै हुनुहुन्छ भने, यो सप्ताह तपाईंको लागि शुभ रहनेछ। यो साता अपरिचित व्यक्तिबाट सहयोग मिल्नेछ । ब्यापारमा ध्यानपूर्वक सोचेर आर्थिक लगानी गर्न सक्नुहुन्छ। महत्त्वपूर्ण परियोजनामा काम गर्ने अवसर मिल्नेछ। धार्मिक कार्यबाट ख्याति कमाउन सकिनेछ ।आत्मनिरीक्षण गरेर आफ्नो समस्या समाधान गर्ने प्रयास गर्नुहोस्।

उपायः प्रत्येक दिन हनुमान चालिसा पाठ गर्नु उचित हुनेछ ।

कन्या राशि

कन्या राशि भएका व्यक्तिहरु यो साता अन्योलमा रहनेछन् । तपाईंको जीवन साथी सँग केही विवाद हुनसक्छ। आफ्नो जिद्दी स्वभावलाई नियन्त्रण गर्नुहोस्, अन्यथा घरमा समस्या आउन सक्छ। तपाईंको कार्यस्थलमा मानिसहरूले तपाईंको प्रशंसा गर्नेछन्। रचनात्मक कार्यमा विशेष रुचि लिन सकिनेछ। संगीत र नाटक कलासँग सम्बन्धित व्यक्तिहरूले आफ्नो करियरमा फलदायी अवसरहरू प्राप्त गर्न सक्छन्। तपाईंको यात्रा सफल र प्रगतिशील साबित हुनेछ। सेयर बजारमा लगानी गर्दा लाभ हुनेछ। अनुसन्धान कार्यमा संलग्न वैज्ञानिकहरूले ठूलो उपलब्धि हासिल गर्न सक्नेछन्। रेस्टुरेन्ट व्यवसायसँग सम्बन्धित व्यक्तिहरूले ग्राहकहरूको व्यवहारमा केही समस्या भोग्न सक्छन्। तपाईंको बुवा र जीवनसाथीसँग केही वैचारिक मतभेद हुन सक्छ। आफ्नो खर्च मा ध्यान राख्नुहोस् ।

समस्या समाधानका लागी ॐ गण गणपताय नमको नियमित एकमाला जप गर्नु उचित हुन्छ ।

तुला राशि

याे साताको शुरुवात काममा झगडा हुन सक्छ, त्यसैले शान्त रहनुहोस्। शत्रुहरू तपाईको अगाडि कमजोर हुनेछन्। यदि घरजग्गासँग सम्बन्धित कुनै मुद्दा चलिरहेको थियो भने, यो समाप्त हुने समय हो। कार्यस्थलमा तपाईको कडा परिश्रम र प्रदर्शनको प्रशंसा हुनेछ। छिट्टै निर्णय गरेर परिस्थितिलाई नियन्त्रण गर्न सक्नुहुनेछ। आफ्नो समझदारीको कारणले धेरै लाभ कमाउनुहुनेछ। तपाईंको महत्वाकांक्षा बढ्दै जानेछ। यो साता वैवाहिक सम्बन्धमा प्रेम र खुशी रहनेछ। तपाईंको आर्थिक अवस्था राम्रो रहनेछ। नयाँ कामको थालनीका लागि साताको शुरुवात अत्यन्तै अनुकूल छ। तपाईंको व्यक्तिगत जीवनमा अरूलाई हस्तक्षेप गर्न नदिनुहोस्। तपाईंले देखावटी रुपमा धेरै पैसा खर्च गर्न सक्नुहुन्छ यो बन्द गर्नुस् । तपाईं आफ्नो जीवन साथीको खर्चिलो स्वभावबाट असन्तुष्ट हुन सक्नुहुन्छ।

समस्या समाधानका लागी ॐ नमो भगवते बासुदेबायको नियमित जाप गर्नु उचित हुन्छ ।

वृश्चिक राशि

वृश्चिक राशि हुनेहरुका लागि साताको सुरुवात खासै राम्रो रहने छैन । आगामी दिन तपाइको जीवन प्रगतिको दिशामा अघि बढ्न थाल्छ । तपाईं आफ्नो बच्चाको सपना साकार भएको देखेर खुशी हुनुहुनेछ। घरमा खुशीको माहौल रहनेछ। तपाईंका शत्रुहरूले तपाईंलाई सम्मानपूर्वक व्यवहार गर्नेछन्, जुन तपाईंको लागि गौरवको विषय हुनेछ।तपाईंको व्यापारमा नयाँ साझेदारी बन्न सक्छ। महत्त्वपूर्ण यात्रा तपाईको लागि धेरै फलदायी साबित हुनेछ। सन्तानको सुखमा वृद्धि हुनेछ । पारिवारिक परिस्थितिलाई सम्हाल्न सफल हुनुहुनेछ। तपाईंले आफ्नो मनपर्ने कम्पनीबाट नौकरी साक्षात्कारको लागि प्रस्ताव प्राप्त गर्न सक्नुहुन्छ। धार्मिक कार्यमा रुचि बढ्नेछ। राजनीतिमा आबद्ध व्यक्तिहरूले उच्च पदमा बढुवा पाउन सक्छन्। ठूला निर्माण कार्यको थालनी गर्न यो साता उपयुक्त रहनेछ। बिदेश अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि साता अनुकूल छ।

समस्या समाधानका लागी हनुमान चालिसाको नियमित पाठ गर्नु उचित हुन्छ ।

धनु राशि

धनु राशि हुनेहरूका लागि यो साता तपाईंको समस्याको अन्त्य हुँदै जाने छ । साताको मध्य र अन्त्यमा तपाईंले राम्रो महसुस गर्नुहुनेछ । यो साता तपाईंले आफ्नो गतिविधिबाट अरुलाई आकर्षित गर्न सक्नुहुनेछ। साता तपाईको लागि सुखद रहनेछ। समाजमा तपाईको इज्जत बढ्नेछ। साथीभाइसँग यात्राको योजना बन्न सक्छ। आर्थिक योजनाका लागि यो साता निकै फलदायी रहनेछ। अधुरा कार्यहरु सजिलै सम्पन्न हुनेछन् । परिवारका सदस्यहरु संग सुमधुर सम्बन्ध रहनेछ। तपाईलाई सन्तुलित व्यवहार गर्न सल्लाह दिइन्छ। तपाईंले आफ्नो विचाराधीन कार्यहरू सकेसम्म चाँडो पूरा गर्ने प्रयास गर्नुहुनेछ । नयाँ गाडी पनि किन्न सकिनेछ । अपमानजनक शब्द प्रयोग नगर्नुहोस्। मानिसहरूले तपाईंको बारेमा गलत अफवाहहरू फैलाउन सक्छन्। घर निर्माण कार्यमा अवरोध आउन सक्छ ।

उपाय- ॐ नम शिबायको नियमित जाप गर्नु र शिबलिङ्गमा जल चढाउनु उचित हुन्छ ।

मकर राशि

यो साता साता मिश्रित फलदायी रहेको छ । आर्थिक हानिको साथ सुरु हुनेछ । तर साताको मध्य र अन्त्यमा, तपाईंको घाटा नाफामा परिणत हुनेछ, त्यसैले चिन्ता नगर्नुहोस्। तपाईंको घरमा उत्सवको माहोल रहनेछ। व्यापारिक दृष्टिकोणले साता सामान्य रहनेछ। चिकित्सा क्षेत्रसँग सम्बन्धित व्यक्तिको आम्दानीमा वृद्धि हुनेछ। कृषि कार्यमा संलग्नहरूले केही नयाँ प्रयोग गर्न सक्छन्। व्यवसायलाई अगाडि बढाउने योजना बनाउनुहुनेछ । सन्तानको करियरसँग सम्बन्धित समस्याबाट छुटकारा मिल्नेछ। आफ्नो कामको गुणस्तर बढाउने प्रयास गर्नुहोस्। आयात–निर्यात व्यापारमा अचानक मनग्य लाभ कमाउन सकिनेछ। तपाईंले व्यवस्थित दैनिक दिनचर्या बनाउने प्रयास गर्नुस । तपाईंलाई अचानक लामो दूरीको यात्रा पनि गर्नु पर्ने हुन सक्छ आफ्नो ऊर्जा स्तर घट्न नदिनुहोस्। सरकारी काममा लापरवाही नगर्नुहोस्। हतारमा केही ठूला गल्ती हुन सक्छ।

समस्या समाधानका लागी हनुमान चालिसा नियमित एक पाठ गर्नु उचित हुन्छ र घरको मुख्य ढोकामा स्वस्तिकको चिन्ह बनाउनु लाभ हुनेछ ।

कुम्भ राशि

कुम्भ राशिका लागि यो साता उत्तम रहनेछ । यो साता आफ्नो मनोबल कमजोर हुन नदिनुहोस्। तपाईंको आलस्यलाई टाढा राख्नुहोस्, ताकी तपाईंको प्रगतिमा बाधाहरू हट्न सकून्। साताको सुरुदेखि नै शत्रुहरू कमजोर रहनेछन्। घरमा कुनै नयाँ वस्तु ल्याउने योजना छ भने साताको अन्त्यमा सफलता मिल्नेछ। यो साता नयाँ घर वा सवारी साधन किन्ने सोचमा हुनुहुनेछ । समय अनुसार तपाईंले आफूलाई सफलतापूर्वक परिवर्तन गर्नुहुनेछ। प्राविधिक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले ठूलो उपलब्धि हासिल गर्न सक्छन्। अरूलाई धेरै विश्वास नगर्नुहोस्। अचानक कतै बाहिर जाने योजना बन्न सक्छ। साझेदारी व्यवसायमा अलिकति सावधानी अपनाउनुहोला । व्यवसायिक सहकर्मीहरूसँग मनमुटाव हुन सक्छ। साताको मध्यमा स्वास्थ्य सम्बन्धी समस्याले पनि सताउन सक्छ। यदि तपाईंलाई मधुमेह छ भने, आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुहोस्। यो साता स्वास्थ्यको लागि चिन्ताजनक रहन सक्छ।

समस्या समाधानका लागी ॐ नम शिबायको नियमित जप गर्नु उचित हुन्छ र गरिबहरुलाई भोजन दान गर्नुस् ।

मिन राशी

मीन राशि हुनेहरूका लागि यो साता राम्रो रहनेछ । साताको सुरुवात सन्तानको चिन्ताले सताउने छ । तपाईंको मनमा नयाँ कामनाको जन्म हुनेछ। निर्माण कार्यमा सुस्तताका कारण तपाईंका परियोजनाहरूमा ढिलाइ हुनसक्छ, तपाईंको इमान्दारीका कारण मानिसहरुले तपाईंलाई धेरै मन पराउनेछन्। उपयोगी सल्लाह तपाईंको लागि धेरै लाभदायक साबित हुनेछ। युवायुवतीहरूले नयाँ काम थाल्ने योजना बनाउन सक्छन्। व्यवसायीहरूले नयाँ साझेदारहरूसँग व्यापारको योजना बनाउन सक्छन्। आफ्ना सहकर्मीहरूमा पूर्ण विश्वास राख्नुहोस्। तपाईंले आफ्नो काममा तलब वृद्धि प्राप्त गर्न सक्नुहुन्छ। आफ्ना छोराछोरीलाई नराम्रो संगतबाट टाढा राख्नुपर्छ। कानूनी मामिलामा लापरवाहीले तपाईंलाई हानिकारक साबित हुन सक्छ। आफ्नो वैवाहिक सम्बन्धमा शंका गर्न नदिनुहोस्। आफ्नो सम्बन्धप्रति वफादार हुनुहोस्।

समस्या समाधानका लागी आदित्य हृदयस्तोत्र नियमित पाठ गर्नु उचित हुन्छ ।

Logo