डढेलो निभाउन जाँदा घाइते भएका थप दुई सैनिकको मृत्यु

डढेलो निभाउन जाँदा घाइते भएका थप दुई सैनिकको मृत्यु

केन्द्रबिन्दु
27
Shares

डोल्पा। डोल्पाको सामुदायिक वनमा सल्किएको डढेलो निभाउन जाँदा घाइते भएका थप दुई जना सैनिकको मृत्यु भएको छ।

सोमबार ठूलोभेरी नगरपालिका वडा नम्बर ३ मा सल्किएको डढेलो अनियन्त्रित बनेपछि नियन्त्रणका लागि नेपाली सेनाको टोली खटिएको थियो।

उक्त डढेलो निभाउन गएका थप दुई जना सैनिकको मृत्यु भएको नेपाली सेनाले जनाएको छ। ज्यान गुमाउनेमा जवान २३ वर्षीय आशिष बुढा र काभ्रे घर भएका जमदार ३८ वर्षीय केशरबहादुर जर्गा मगर छन्।

Logo