ईद मुवारक [फोटोफिचर]

ईद मुवारक [फोटोफिचर]

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। आज इस्लाम धर्मावलम्बीहरूले ईद पर्व मनाउँदैछन्।

एक महिना लामो रमजान पर्व (रोजा) पूरा भएको खुशीयालीमा इस्लाम समुदायले ईद उल फित्र अर्थात् ईद पर्व मनाउने गर्दछन्। पर्वका सन्दर्भमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ।

आजको दिन मुस्लिम धर्मावलम्बी आफू पवित्र भई सफा मस्जिद (इदगाह) मा गएर नमाज पढ्ने, एक आपसमा खुशीयाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ।

काठमाडौंको बागबजारस्थित जामे मस्जिदमा पनि विहानैदेखि भीड लागेको छ। आज विहानैदेखि जम्मा भएका मुस्लिम समुदायका केटाकेटीदेखि बुढाबुढीले मस्जिदमा नमाज पढ्ने र एकाआपसमा शुभकामना आदानप्रदान गरिरहेका छन्।

Logo