जातीय भेदभाव गर्ने पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ

जातीय भेदभाव गर्ने पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ

केन्द्रबिन्दु
98
Shares

झापा। इलाका प्रहरी कार्यालय अनारमनीले हल्दीबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरीलाई नियन्त्रणमा लिएको छ। उनीविरुद्ध जातीय भेदभाव तथा अपमान सम्बन्धी व्यवहार गरेको कसुरमा जाहेरी दर्ता भएको थियो।

जिल्ला समन्वय समिति झापाका पूर्वप्रमुख सोमनाथ पोर्तेलले गिरीविरुद्ध इप्रका बिर्तामोडमा चैत २८ गते जाहेरी दिएका थिए। सोही जोहरीका आधारमा प्रहरीले गिरीलाई वैशाख १ गते साँझ बिर्तामोडबाट नियन्त्रणमा लिएको झापा प्रहरी प्रवक्ता कृष्ण कुमार चन्दले जानकारी दिए।

पूर्वउपाध्यक्ष गिरीले जिसस झापाका तत्कालीन प्रमुख पोर्तेललाई टेलिफोन सम्बाद मार्फत जातीय तथा अन्य छुवाछुत र भेदभाव कसुर र सजाय ऐन २०६८ आकर्षण हुने गरि अभिव्यक्ति दिएका थिए। चैत १८ गते हल्दीबारीमा पार्टीको बैठक सकेर फर्किएका पोर्तेललाई गिरीले फोनबाट गालीगलौच गर्दै जातीय विभेद, अपमान हुने गरी अभिव्यक्ति दिएका थिए।

फोन मार्फत दलित अधिकारको क्षेत्रमा नेतृत्व गर्ने पोर्तेललाई जातको आधारमा अपमान र विभेद गर्ने गिरीलाई कानूनी कारबाही गर्न झापाका दलित संघ-संगठनहरुले संयुक्त रुपमा अपील समेत गरेका थिए।

पोर्तेलमाथि गिरीले गरेको दुर्व्यवहारविरुद्ध झापाका दलित संघ संस्थाका प्रतिनिधिले विज्ञप्ति जारी गरेर कारवाहीको माग गरेका थिए। पोर्तेल नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रीय सचिव, नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा रहेका छन्।

Logo