विराटनगरमा दुई समूहबीच झडप, ९ प्रहरीसहित दर्जनौं घाइते

विराटनगरमा दुई समूहबीच झडप, ९ प्रहरीसहित दर्जनौं घाइते

केन्द्रबिन्दु
154
Shares

विराटनगर । विराटनगरमा दुई समूहबिच विवाद भएपछि रानी क्षेत्र तनावग्रस्त भएको छ। विराटनगर-१५ स्थित् रानी क्षेत्रमा एक समूहले निकालेको र्‍यालीलाई अर्को समूहले अवरोधको प्रयास गरेपछि तनावग्रस्त भएको हो।

राम नवमीको अवसरमा निकालिएको र्‍यालीलाई लिएर तनाव भएपछि उनीहरूबिच झडप भएको छ। झडपमा परेर ९ प्रहरीसहित दुवै पक्षका दर्जनौँ घाइते भएको प्रहरीले जनाएको छ।

स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले लाट्ठी चार्ज, केही राउण्ड हवाई फायर र अश्रु ग्याससमेत प्रहार गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुवै समूह तितरबितर भएपछि अहिले अवस्था सामान्य हुँदै गएको छ।

Logo